
शुक्रवारदेखि व्यथा लागेपनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका–६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको बताइएको छ ।