१० साउन २०८३, आइतबार

पर्यटन क्षेत्रमा अनुसन्धान गरेर पूर्वाधारमा लगानी : पर्यटनमन्त्री भट्टराई

मंसिर २२, २०७६
पर्यटन क्षेत्रमा अनुसन्धान गरेर पूर्वाधारमा लगानी : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले अब पर्यटन क्षेत्रको अनुसन्धानलाई जोड दिने बताएका छन्।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भने, ‘अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।’

उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवर्द्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्