१६ असार २०८३, मंगलबार

ऐतिहासिक बन्यो १३ औं साग, प्रधानमन्त्रीले भने यस्तो

मंसिर २५, २०७६
ऐतिहासिक बन्यो १३ औं साग, प्रधानमन्त्रीले भने यस्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग )सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई बधाई दिएका छन् । 

साग खेलकुद समापनको अवसरमा मंगलवार दिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले काठमाडौं, पोखरा र जनकपुरबाट  एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समापन हुनु ज्यादै खुशीको कुरा रहेको स्पष्ट पारे ।

उनले भिडियो सन्देशमा भने, ‘यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल जगतका खेलाडी र प्रशिक्षक सबैलाई धन्यावाद भन्न चाहन्छु ।’ गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्