
नेपाल प्रेस युनियनको महाधिवेशन अनिश्चित बनेको छ। यसअघि महाधिवेशन मंसिर २८ र २९ गते हुने भनिए पनि तत्कालका लागि स्थगन गरिएको हो।
युनियनका अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको बताएका छन्।
अध्यक्ष सिग्देलले अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह गर्दै विविध व्यवधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गरे।