नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले भारतसँगको सीमा विवादसम्बन्धि समाधान प्रक्रिया अवरुद्ध नहुने बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘सीमासम्बन्धि देखिएका समस्या समाधान दुवै देशले संयुक्त रूपमा गर्नुपर्दछ । सीमासम्बन्धि चासो, चिन्ता र सार्वभौमिकताको विषय जति हाम्रा लागि रहन्छ, भारतका लागि पनि त्यत्तिकै रहन्छ भन्ने भुल्नुहुँदैन । न्यूनतम, आधारभूत र राष्ट्रिय तथा अन्तराष्ट्रिय मावनका आधारमा सीमा क्षेत्रमा काम गर्दै जानुपर्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।