०२ साउन २०८३, शनिबार

कोरियालीको १ करोड ३० सहयोगमा सामुदायिक केन्द्रको भवन

मंसिर २९, २०७६
कोरियालीको १ करोड ३० सहयोगमा सामुदायिक केन्द्रको भवन
सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र युनेस्को कोरिया आयोगका महासचिव किम ख्वाङ्गो । तस्वीर : प्रकाश सिलवाल/रासस

कोरियाली सहयोगमा गण्डकी गाउँपालिका–८, सुन्दरबस्तीको लोकरत्न सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको आइतबारउद्घाटन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त कोरियाली राष्ट्रिय आयोग र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको  एक करोड ३० लाखको सहयोगमा सात महिनामा उक्त दुईतले भवन बनेको हो । हाल मुलुकभर दुई हजार ५१ यस्ता केन्द्रहरु छन् ।

विसं २०६८ मा खोलिएको सो केन्द्रको सामान्य भवन रहेकामा विनाशकारी भूकम्पले ध्वस्त भएको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र युनेस्को कोरिया आयोगका महासचिव किम ख्वाङ्गोले भवनको उद्घाटन गरे। सचिव दाहालले भवनको सदुपयोग गरी सामुदायिक विकास गर्न आग्रह गर्दै यस्ता  केन्द्रहरुलाई स्थानीय तहले सुव्यवस्थित सञ्चालन गर्नुपर्ने बताए।

उनले दिगो विकासको लक्ष्यअनुसार समावेसी तथा न्यायोचित गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवद्र्धन गर्न राष्ट्रिय कार्य ढाँचा तयार भएको जानकारी दिए।

महासचिव ख्वाङ्गोले आफूहरुको यस प्रकारको सहयोग र सद्भावको थालनी भएको भन्दै सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे। युनेस्को नेपाल आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले सो केन्द्र समुदायकै सम्पत्ति भएकाले सदुपयोग गर्न आग्रह गरे।

सो भवनका लागि केन्द्रका अध्यक्ष विष्णुमणि रेग्मीले करीब रु १६ लाख पर्ने आठ आना जग्गा दान गरेका थिए। गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले सामुदायिक केन्द्रका लागि कोरियाली उक्त आयोगले दक्षिण एशियामै पहिलो केन्द्रका रुपमा लोकतत्न भवनलाई छनोट गरेको जनाए।

salt training

कमेन्ट गर्नुहोस्