२२ असार २०८३, सोमबार

तिवारी हत्या प्रकरण: तीन पक्राउ, मोटरसाइकल भेटियो

कात्तिक २०, २०७४
तिवारी हत्या प्रकरण: तीन पक्राउ, मोटरसाइकल भेटियो
काठमाडौं, ५ पुस — रुपन्देही प्रहरीले दुर्गा तिवारीको हत्यामा संलग्न भएको आशंकमा तीन जनालाई पक्राउ गरेको छ ।

देवदह क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । साथै कान्छिबजार भन्ने ठाउँमा एउटा मोटरसाईकल समेत आफूहरुले फेला पारेको उनले बताए । बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल फेला परेको उनले बताए ।

मोटरसाईक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘मोटरसाईकल र त्योसँग जोडिएका व्यक्तिहरू वरिपरी पुगेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘केही प्रगति भएको हो तर अनुसन्धानमा असर पुग्ला भनेर मिडियामा बाहिर ल्याएका छैनौं ।’ उनले अनुसन्धानमा असर पुग्न सक्ने भएकोले पक्राउ परेका तीनलाई सार्वजनिक गर्न नमिल्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्