काठमाडौँ, २८ चैत - मूलधारमा महिला फिल्म निर्माता’ भन्ने नारा सहित नेपालमा पहिलो महिला फिल्म महोत्सव ‘आइवार्ड वुमेन फिन्म फेस्टिबल’ सम्पन्न भएको छ ।

रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तराष्ट्रिय संस्था (आइवार्ड)को नेपाल शाखाले काठमाडौंमा आइवार्ड वुमेन फिल्म फेस्टिबलको आयोजना गरेको हो ।
फेस्टिबलमा नेपाल लगायत क्यामरुन, फिलिपिन्स, मलेशिया, चिन, जापान, भारत, बङलादेश र अमेरीका गरि ८ देशका महिला निर्माताले निमार्ण गरेका १० वटा फिल्म प्रदर्शन गरिएको थियो ।
फेस्टिबलमा कला संग्रौैलाद्वारा निर्देशीत बुट्टे जामा (नेपाल), त्रिवेणी रायको मेमोरि अफ हर्ट (भारत), रजिला श्रेष्ठको रडियो मेलम्ची १०७.२ (नेपाल), हन्स थपलियाको घर स्टुटियो है(भारत), मकी सटकी (जापान), हरिकथा प्रसङग अन्ननेया करवल्ली (भारत), नैना सबनानीको वी मेक इमेजेज (भारत), युझीआवको वाकीङ(चिन), अनिथा बालचन्द्रन पुडाभाइ (भारत) र उल्क फिल्म प्रदर्शन गरिएको थियो ।
आइवार्ड फिल्म फेस्टिबलका कार्यक्रम निर्देशक मल्लीका भट्टराईले महिला निर्माता÷निर्देशकलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरेको बताइन् । ‘वुमेन फिल्म फेस्टिबल गर्नुको मुख्य उद्देश्य नै महिला निर्माता÷निर्देशकलाई प्रोत्साहन गर्नु हो ।’ निर्देशक भटराईले भनिन् । अन्तराष्ट्रियस्तरका महिला निर्देशक समेत फेस्टिवलमा आएकाले नेपाली महिलाले निर्देशन तथा निर्माण गरेका फिल्म अन्तराष्ट्रियकरण हुने उनको भनाई थियो ।
संचारिक समूहकी अध्यक्ष निर्मला शर्माले महिलाहरु धेरै सहासिक भैसकेको अवस्थामा फिल्महरुले पनि महिलालाई परम्परागत भूमिकामा सिमित नराखी सहासिक भूमिका खेल्न सक्छन् भन्ने सन्देश समेट्नुपर्ने सुझाव दिइन् ।
सन् १९४९ मा स्थापना भएको आइवार्डको ५० देशमा सदस्य रहेको जनाएको छ । नेपालमा यसले महिला पत्रकारका लागि व्यक्तित्व विकास तथा सशक्तिकरण गर्ने काम गदै आएको आइवार्ड नेपाल शाखाका अध्यक्ष अनुपा श्रेष्ठले बताइन् ।