२० असार २०८३, शनिबार

उदयपुरमा चुनावी सरगर्मी बढ्यो, यस्ता छन् मेयरका आकांक्षी

कात्तिक २०, २०७४
उदयपुरमा चुनावी सरगर्मी बढ्यो, यस्ता छन् मेयरका आकांक्षी

गाईघाट, २९ चैत– आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावको सरगर्मी उदयपुरमा पुगेको बढेको छ ।

चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरमा अहिले चार नगरपालिकामा चुनावी सरगर्मी बढेको देखिन्छ ।

राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी सम्भावित मेयर तथा उपमेयरका उम्मेदवारको नाम सङ्कलन र छनोट गर्न थालेसँगै अहिले जिल्लाको चार नगरपालिकामा चुनावी सरगर्मी बढेको हो ।

त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले भर्खरै मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । कांग्रेस उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको सम्भावित मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष वसन्त बस्नेत, पार्टी त्रियुगा नगर अध्यक्ष सरोज बस्नेत, पूर्व पार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिव भीमचन्द्र राईको नाम छनोट भएको नेका उदयपुरले बताएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसले महिला सङ्घका जिल्ला अध्यक्ष लीलाकुमारी राई, पार्टी जिल्ला समितिका सदस्य विमला राई, महासमितिका सदस्य तारा कुमारी राई, पार्टी सदस्य सुनिता चौधरी र सरिता राई (दाहाल) को नाम छनोट गरेको छ ।

नेकपा एमालेले मेयरका लागि पार्टी जिल्ला सचिवालय सदस्य भागवत राउत, अर्का सचिवालय सदस्य प्रकाश बस्नेतको नाम मेयरको लागि छनोट गरेको छ भने उपमेयरको लागि पार्टी जिल्ला सदस्य महेश्वरी राई, सदस्य श्रृजना दनुवार र फूलकुमारी चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, माओवादी केन्द्रले त्रियुगा नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला सदस्य किरण राई, नारायण बुर्जा र मीनबहादुर ठकुरीको नाम छनोट गरेको छ । उपमेयरको लागि पार्टी जिल्ला सदस्य राधा खड्का, अजिता खड्का र सरिता कार्कीको नाम छनोट गरेको माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यता, कटारी नगरपालिकामा नेकाले मेयरका लागि जिल्ला पार्टी सचिव रामकुमार राई, जिल्ला पार्टी कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्र राउतको नाम छनोट गरेको छ ।

एमालेले भने मेयरको लागि महिला जिल्ला सदस्य भीमकुमारी राउत, कृष्ण थापा र ज्ञानेन्द्रबहादुर कार्कीको नाम छनोट गरेको छ ।

नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल, पार्टीका केन्द्रीय सदस्य केपी बराल र कुमारसिंह राईको नाम छनोट गरेको छ । उपमेयरमा मीना कोइराला र मीना कार्की छानिएका छन् ।

चौदण्डी गढी नगरपालिकामा मेयरका लागि नेकाले जिल्ला सदस्य प्रशान्त राई, खगेन्द्र राई, प्रदीप केसी र वसन्त कटुवालको नाम छनोट गरेको छ ।

यस्तै एमालेले मेयरमा जिल्ला पार्टी सचिवालय सदस्य कालु लामा र राजेन्द्र कटुवालको नाम छनोट गरेको कुरा पार्टी स्रोतले बताएको छ ।

यता माओवादी केन्द्रले मेयरमा जिल्ला पूर्व पार्टी अध्यक्ष राजन किराँती, जिल्ला सदस्य सन्तोष सुवेदी र प्रकाश राईको नाम छनोट गरेको छ ।

यस्तै बेलका नगरपालिकामा नेकाले मेयरमा पार्टी महासमिति सदस्य बद्री सापकोटा, जय सुवेदी, लवराज अधिकारी र दिनेश चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, एमालेबाट जिल्ला सचिवालय सदस्य दुर्गाकुमार थापा र गणेश बस्नेत छानिएका छन् भने माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य रमण भट्टराई, मनोज तामाङ छनोटमा परेका छन् ।

६३८ म्यादी प्रहरी छनोट

उदयपुर जिल्लामा करिब तीन हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा ६३८ जना मात्र छनोटमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आवेदन दिएकामध्ये ६३८ जनामात्र छनोट भएको र उनीहरुलाई आइतबारदेखि म्यादी प्रहरी भर्नासँगै तालिममा पनि सहभागी गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्