१० साउन २०८३, आइतबार

घिसिङ र डा रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’

घिसिङ र डा रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ। 

नेपाल जन–प्रशासन संघ र साल्टटे«डिङ कर्पोरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही  २ लाख रहेको छ । यसपटक २ वर्षको सम्मान एकैपटक प्रदान गर्न लागिएको हो । 

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिसिङलाई विस २०७३ को र आँखा उपचारमा योगदान पुयाएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको हो।
सम्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट उनीहरुलाई सम्मान प्रदान गरिने जानकारी दिए।

यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्