०८ असार २०८३, सोमबार

९ कक्षामा पढ्ने बुटवलमा विद्यार्थी डेढ महिनादेखि सम्पर्कविहीन

९ कक्षामा पढ्ने बुटवलमा विद्यार्थी डेढ महिनादेखि सम्पर्कविहीन

बुटवलका एक युवा झण्डै डेढ महिनादेखि सम्पर्कविहीन भएका छन् ।

बुटवलस्थित स्कलर्स होम बोर्डिङ स्कूलमा ९ कक्षामा अध्ययनरत बुटवल–११ कालिकानगर (होराइजन चोक) बस्दै आएका जनक श्रेष्ठ कात्तिक २३ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

परिवारले जनकको खोजी गरिदिन आग्रह गरेको छ । १६ वर्षीय श्रेष्ठ कात्तिक २३ गते शनिवार बिहान ९ बजेतिर घरबाट झोलामा २ जोडा कपडा लिएर निस्किएको पाइएको छ । 

जनककी आमा मिना श्रेष्ठले आफूहरूले प्रहरीमा जानकारी गराउँदा पनि खोजीका लागि चासो नदिएको गुनासो गरिन् । जनक सम्पर्कविहीन हुनुभन्दा १ दिन अगाडि उनकी आमा विद्यायमा गएर उनको रिजल्ट बुझेकी थिइन् । त्रैमासिक परीक्षामा उनी २ विषयमा अनुत्तीर्ण भएका विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले बताए ।

‘साधारण, धेरै नबोल्ने उनको स्वभाव छ । ३ दिन भयो विद्यालय नआएको । हामी अत्यन्तै चिन्तित छौं । हामी उनलाई खोज्न अभिभावकलाई पूर्ण सहयोग गर्छौं । साथै हाम्रो तर्फबाट पनि प्रयास गरेका छौं,’ उनले भने । एक मात्र छोरा ४६ दिनदेखि नभेटिँदा आमा मिना पीडामा छिन् । उनका अनुसार जनकसँग करीब ७ हजार नगद रहेको थियो । मिनाका पति रोजगारीका क्रममा कतारमा छन् ।

जनक कहाँ गए, कहाँ छन् भन्ने कसैलाई जानकारी छैन । हराएका आफ्नो छोराको खोजी गरिरहेको बताउँदै सहयोग गर्न आमा मिना श्रेष्ठले सबैलाई अनुरोध गरेकी छन् । जनकको खोजीमा कुनै कन्जुस्याइँ नगरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्