३० असार २०८३, मंगलबार

धुलोधुवाँबाट कसरी बच्ने ?

धुलोधुवाँबाट कसरी बच्ने ?

धुलोधुवाँका कारण मानिसमा एलर्जीको समस्या उत्पन्न हुने गर्छ। एलर्जीसँगै श्वासप्रश्वासको समस्या देखा पर्न जान्छ।

फलतः निरन्तर खोकी लाग्ने, नाक चिलाउने, श्वासप्रश्वासमा समस्या आउने, छाती दुख्ने,  खोकी प्रायः राती लाग्ने  र श्वास फेर्दा सिटी बजेजस्तो आवाज आउनु हुन सक्छ।

प्रदूषणका ठूलो कण फिल्टर हुन सक्छ तर मसिना कण सहजै श्वास नलीबाट प्रवेश गर्ने जोखिम रहन्छ। वातावरणीय स्वास्थ्यविज्ञ यादवराज जोशी सकेसम्म मास्कको प्रयोग गर्न जरूरी ठान्छन्। भन्छन्, ‘कागज वा कपडाको मास्कले पनि कम्तीमा एक तहको फिल्टर हुन्छ नै । यसले संक्रमणबाट पनि जोगाउँछ।’

त्यो बाहेक प्रदूषण अधिक भएको समयमा सकेसम्म बाहिर कम निस्कने, पैदल हिँड्दा भित्री बाटो प्रयोग गर्ने, प्रशस्त मात्रामा पानी पिउने तथा सन्तुलित भोजन गर्ने र नियमित व्यायाम गर्ने गर्नुपर्छ। 

वायु प्रदुषणका कारण स्वास्थ्यमा असर नपरोस् भनेर अक्सिजन जडित एन–९५ र एन–९९ मास्क प्रयोग गर्ने गरिन्छ। तर यो मास्क महंगो हुने भएकाले आमउपभोक्ताको पहुँच बाहिर समेत हुन जान्छ। 

salt training

कमेन्ट गर्नुहोस्