
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले सन् २०१९ मा सबैभन्दा बढी मन परेको फिल्मको लिस्ट सार्वजनिक गरेका छन्।
हायर ग्राउन्डमा बनेको ‘अमेरिकन फ्क्ट्री’ खुब मन परेको उनले बताएका छन्। ट्विटरमा शेयर गरिएको लिस्टमा १८ फिल्मसहित ३ टिभी शो को नाम उल्लेख छ।
ओबामा हरेक वर्षको अन्त्यमा आफूलाई मन परेको फिल्म, टिभी शो र किताबको लिस्ट सार्वजनिक गर्छन्।
ओबामाको लिस्टमा मून ल्यान्डिङमा बनेको डकुमेन्ट्री ‘अपोलो ११’, स्कार्लेट जन्सनको ‘म्यारिज स्टोरीसहितका कयौँ ठूला फिल्मको नाम समावेश छ।
उनले १८ फिल्मको लिस्टमा अल पचीनो र रोबर्ड डी नीरोको फिल्म ‘द आयरिशम्यान’ लाई ११ नम्बरमा राखेका छन्।
उनले ट्वीटरमा सार्वजनिक गरेकाे लिस्ट यस्ताे छ
