
अमेरिकाले इराकमा हेजबोल्लाहलाई तारो बनाउँदै हवाई आक्रमण गरेपछि आक्रोशित प्रदर्शनकारीहरूले बग्दादस्थित अमेरिकी दूतावास अगाडि मंगलवार प्रदर्शन गरेका छन् । उनीहरू जबर्जस्ती दूतावासमा प्रवेश गर्न खोज्दा अश्रूग्यास र गोलीप्रहार गरिएको थियो ।
कडा सुरक्षा दिइएको ग्रीन जोनका केही भागमा भीड प्रवेश गर्न सफल भएको थियो । प्रदर्शनकारीहरूले कूटनीतिक भवनलाई घेर्ने पर्खालमा रहेका ढोका र क्यामरा भत्काएको एपीले लेख्यो । उक्त समाचार संस्थाका अनुसार, कम्पाउन्डको एक भागमा आगो लागेको छ भने दूतावास भवनको छतमा कम्तीमा तीन सैनिकहरू तैनाथ छन् ।
एउटा भिडियोमा अमेरिकी सैनिकहरू दूतावासको रिसेप्सन डेस्कपछाडि सँगै गुँडुल्किएर बसेको देखिन्छ भने प्रदर्शनकारीहरूले उनीहरूलाई झ्यालबाट भिडियो खिचेको देखिन्छ ।
इराकका लागि अमेरिकी राजदूत म्याथ्यु एच टुएलरलाई उक्त क्षेत्रबाट सारिएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
DEVELOPING:
— RT (@RT_com) December 31, 2019
Iraqi protesters throw stones at US embassy in #Baghdad
DETAILS: https://t.co/ouZf3TAdj0pic.twitter.com/BVlJGbmXl5
अमेरिकी सेनाले इराकको काइमस्थित कताइबमा हेजबोल्लाहको अड्डाहरूमा आक्रमण गरेपछि यो प्रदर्शन गरिएको हो । उक्त हवाई आक्रमणमा कम्तीमा २५ लडाकूहरू मारिएको शिया मिलिसियाले दाबी गरेको छ । पेन्टागनले चाहिँ उक्त समूह इराकमा रहेका गठबन्धन सैनिकहरूमाथि आक्रमणका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।
अमेरिकाले गरेको आक्रमणलाई इराकका प्रधानमन्त्री अदेल अब्दुल माहदीले कडा शब्दमा भर्त्सना गरेका छन् । तेहरानले उक्त आक्रमण एक किसिमको आतंकवाद भएको बतायो अनि इराकमा अमेरिकी सैनिकलाई लक्षित गर्दै आफूहरू कुनै पनि आक्रमणमा संलग्न नरहेको जनाएको छ ।
#Breaking: Just in - Reports that #Hezbollah supporters are burning the back wall outside the #US embassy in #Baghdad's green zone in #Iraq, and are willing to storm inside the building to destroy everything inside. pic.twitter.com/LbFpURqTjX
— Sotiri Dimpinoudis (@sotiridi) December 31, 2019
आरटीबाट