२१ असार २०८३, आइतबार

प्रचण्डको गृहजिल्ला छाड्न नमानेका एसपी मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन

प्रचण्डको गृहजिल्ला छाड्न नमानेका एसपी मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन

प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना हुन ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौं सरुवा भएका एसपी मल्लले चितवन छाड्न अटेरी गरेपछि प्रदेश प्रहरी कार्यालयले तत्काल तोकिएको दरबन्दीमा उपस्थित हुन निर्देशनसहित पत्र लेखेको हो ।

बोधार्थमा प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय (प्रशासन शाखा) र प्रहरी महानिरीक्षकको सचिवालय राखी प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनलाई लेखेको पत्रमा भनिएको छ– 

'यस कार्यालयको सि.नं. ८०३४ को सञ्चार त्यहाँ प्राप्त भएकै छ । सो सम्बन्धमा प्र.उ. दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रमाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले त्यहाँ कार्यालयमा कार्यरत प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालयमा समेत दिनुहुन निर्देशानुसार अनुरोध छ ।'

एसपी मल्ल सरुवा भएको दरबन्दीमा रमाना नभएपछि एसपी गंगा पन्त जिल्ला प्रहरी कार्यालय चितवनमा उपस्थित हुन पाएकी छैनन् ।

चितवन पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला हो । एसपी मल्ल यसअघि प्रचण्डका पीएसओ थिए ।

हेर्नुहोस्, पत्र :

salt training

कमेन्ट गर्नुहोस्