०३ असार २०८३, बुधबार

बेइजिङमा नेपाल ‘भ्रमण वर्ष २०२०’

बेइजिङमा नेपाल ‘भ्रमण वर्ष २०२०’

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भ्रमण वर्ष २०२०’ थालेकामा त्यसको प्रवर्द्धन चीनमा पनि भएको छ। 

चीनस्थित नेपाली राजदूतावासले मंगलबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको हो। चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे।

उनले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिए। सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिएको शुभकामना स्मरण गरे। उनले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गरे।

बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताए। भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे। 

salt training

कमेन्ट गर्नुहोस्