०६ साउन २०८३, बुधबार

फाइनान्स कम्पनीकी महिला कर्मचारीबाट लुटियो ५ लाख

फाइनान्स कम्पनीकी महिला कर्मचारीबाट लुटियो ५ लाख
प्रतिकात्मक तस्वीर

महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रवार साँझ २ जनाले एक महिला कर्मचारीका साथबाट ५ लाख रुपैयाँ लुटपाट गरेका छन् ।

बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरूले ५ लाख रुपैयाँ नगद र कागजात सहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट संकलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती २ पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए ।

चौधरी को२८प ६९ नम्बरको स्कुटर चढेको खुलेपनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन । ‘अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने । घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्