१७ असार २०८३, बुधबार

को हुन् मनोज ? प्रहरी भन्छ- उनै हुन् तिवारीको हत्या आरोपी

कात्तिक २०, २०७४
को हुन् मनोज ? प्रहरी भन्छ-  उनै हुन् तिवारीको हत्या आरोपी
बुटवल, ६ पुस-युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।manoj-pun_1
रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकैे संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने ।
पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ । गत ६ चैतमा तिवारीलाई दुईवटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए । एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुईवटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन् । ‘मनोज फरार अभियुक्त हो,’ उनले भने ।


को हुन् मनोज ?

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए ।
उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार अपराधी हुन् । मनोजको तिवारीसँग पुरानो रिसइबी रहेको र नौ महिनाअघि पनि उनकै संलग्नतामा तिवारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
युवा संघमा रहँदा आर्थिक पारदर्शिताको विषयमा तिवारी र मनोजबीच विवाद रहँदै आएको थियो । मनोजले यसअघि पनि त्यस क्षेत्रमा जग्गाको कारोबार गर्दा विभिन्न व्यक्तिलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको छ ।

प्रहरीका अनुसार युथ फोर्स सक्रिय रहँदा मनोज एमालेमै थिए । तिवारी र मनोजबीच निकट सम्बन्ध थियो । पार्टीको आचरणविपरीत काम गरेको भन्दै तिवारीले मनोजलाई हटाएका थिए । त्यहीवेलादेखि दुईबीच दुस्मनी बढेको थियो ।
तिवारी व्यापारमा सफल हुँदै गएका थिए भने मनोजले सोचेअनुसार पैसा कमाउन नसकेपछि उनलाई धम्क्याउन थालेका थिए । गत वर्ष उनले तिवारीसँग २० लाख मागेका थिए, तर नदिएपछि गोलीसमेत हाने ।
गत वर्ष ४ चैतमा आफ्नै इँटाभट्टामा तिवारीमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा मनोजनिकट आठजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू हाल जेलमा छन् ।
आफ्ना सहयोगीहरूलाई जेल हालेपछि तिवारीसँग मनोज रुष्ट थिए । भारतमा लुक्दै आएका उनले त्यही रिसइबीमा सहयोगी परिचालन गरी हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्