
पानी सामान्यतया माथिबाट तल्तिर बग्छ तर एक दुर्लभ घटनामा पानी मास्तिर बगेको पाइएको छ ।
स्कटल्यान्डभन्दा ३२० किलोमिटर टाढा रहेको फारो आइल्यान्ड्समा सामुद्रिक भुमरीका कारण लहरहरू निस्केर पानीलाई मास्तिर घचेडेका थिए ।
सामी जेकबसन फारो टापुसमूहको सुओरोयका डाँडामा हिँडिरहँदा लहरमा पानीको भुमरी देखे ।
उनले भुमरीका कारण पानी मास्तिर गएर ४७० मिटर अग्लो डाँडाभन्दा पनि माथि पुगेको थियो ।
मौसमविद्हरूका अनुसार, हावामा पानीको खम्बा डाँडाको छेउमा हावा गोलाकार घुमेपछि बन्ने गर्छ ।
एजेन्सी