×

NMB BANK
NIC ASIA

मगर समुदायले यसरी मनाए टुँडीखेलमा ‘माघे सकराती’

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती’ पर्व मनाएका छन् । बुधबार टुँडीखेलमा भेला भएका मगर समुदायले आआफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन्। 

Muktinath Bank

माघे सकराती पर्वको अवसर पारेर नेपाल मगर सङ्घद्वारा आयोजित  ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर वेशभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार प्रदर्शनीमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्वसको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न जातजातिको मौलिक कला संस्कृतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउनुपर्ने बताए। उनले समृद्ध नेपाल निर्माण गर्न विभिन्न समुदायको कला संस्कृति तथा चाडपर्वलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए।


Advertisment
Nabil box
Kumari

 नेपाल विविधतामा एकताले युक्त मुलुक भएको उल्लेख गर्दै उनले शान्ति, सद्भाव तथा भ्रातृत्वलाई प्रवद्र्धन गर्न थप एकताबद्ध भएर काम गर्नुपर्ने बताए। मगर र थारु समुदायले एकै स्थानमा माघे सकराती र माघी पर्व मनाएर एकताको सन्देश दिएको उनको भनाइ थियो। 

Vianet communication
Laxmi Bank

 'हामीले एउटै नारा, उद्देश्य र लक्ष्यलाई बोक्न सक्नुपर्दछ, त्यो भनेको समृद्ध नेपाल हो,' उपराष्ट्रपतिले भने, 'आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर सबै चाडपर्वको संरक्षण, संवद्र्धन र विकास गर्न सक्नुपर्छ ।' महोत्सव दुई दिनसम्म चल्नेछ । 

यसरी मनाउँछन् मगर समुदायले माघे सङ्क्रान्ति

 नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे सकराती, भूम्यापूजा, वैशाख पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन् ।

 मौलिक कला–संस्कृतिका हिसाबले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे सकराती चाड विशेषतः चेली तिहारकोे रूपमा मनाइन्छ । 

नयाँ यामको शुरुआत आजकै दिनदेखि उभौली शुरु भई साउने सकरातीमा समापन भई सोही दिनदेखि उधौली शुरु हुने प्रचलन छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् । 

छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने प्रचलन छ । छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भनेको तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउ मिश्रित परिकार हो । यस चाडमा मौलिकरूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ । 

 सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको शुरुआत गर्ने र मादल, बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेँसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x