बलिउड नायिका दीपिका पादुकोण अहिले आफ्नो फिल्म ‘छपाक’ को प्रमोशनमा छन्।
फिल्म १० जनवरीदेखि फिल्म हलमा लागिसकेको छ। र, पादुकोणले खुब प्रशंसा कमाएकी छन्। उनी मुम्बईमा रेट्रो लुकमा घुमिरहेको पाइएको छ।
ती तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उनले शीरमा एक रिबन पनि लगाएकी छन्।