शनिवार मुलुकभर हल्कादेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार एक बुलेटिन जारी गर्दै महाशाखाले केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जनाएको हो ।
अहिले पूर्वी तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार, ती स्थानमा लागेको हुस्सु र कुहिरो अपरान्हपछि बिस्तारै हटेर जानेछ । हुस्सु हटेपछि ती क्षेत्रमा तत्कमालै घाम नलाग्ने भएकाले चिसो नै रहने महाशाखाले जनाएको छ ।
शनिवार दिनभर नै मौसममा बदली देखिने बताउँदै महाशाखाले दिउँसो पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा ह ुने र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
यो क्रम राती पनि दोहोरिने महाशाखाको अनुमान छ ।
मौसममा क्रमिक सुधार
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रूपमा सुधार हुँदै गएको महाशाखाले जनाएको छ ।
महाशाखाले आइतवार (भोलि) भने मुलुकभर सामान्यतया मौसम सफा हुने जनाएको छ ।
भोलि पहाडी भूभागका केही स्थानमा हल्का वर्षको सम्भावना रहेपनि अन्य स्थानमा मौसम सफा हुने महाशाखाको अनुमान छ ।
यो क्रम सोमवारसम्म चल्न सक्ने महाशाखाले जनाएको । महाशाखाले सोमवार पनि मौसम सामान्यतया सफा देखिएपनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।