२२ असार २०८३, सोमबार

गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी, नेपाल छिर्ने बितिक्कै नियन्त्रणमा लिने प्रहरीको तयारी

गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी, नेपाल छिर्ने बितिक्कै नियन्त्रणमा लिने प्रहरीको तयारी

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राउत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनले भने, 'आस्था राउतलाई नेपाल प्रवेश गर्ने बितिक्कै पक्राउ गर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।'

कार्यक्रमका लागि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र आस्था राउतबीच लफडा भएको थियो । त्यसपछि महिला प्रहरी रमिताले आफूविरुद्ध दूर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन् ।

तस्वीर : आस्था राउतको फेसबूकबाट 

 

salt training

कमेन्ट गर्नुहोस्