२१ जेठ २०८३, बिहीबार

बागमती प्रदेशमा वैशाखदेखि बिजुली बस

माघ ७, २०७६
बागमती प्रदेशमा वैशाखदेखि बिजुली बस

बागमती प्रदेश सरकारले अब आफैं बिजुली बस चलाउने भएको छ । यसका लागि प्रदेश सरकारले साझा यातायातसँगको सम्झौता तोडेको छ । 

असार १६ गते प्रदेश सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमति भएको थियो । २०७७ वैशाख १ गतेदेखि बिजुली बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिएका छन् । 

मुख्यमन्त्रीको कार्यालय हेटौंडामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग बिजुली बस सञ्चालन सम्बन्धमा आयोजना गरिएको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री पौडेलले सानो संख्यामा भए पनि बिजुली बस नयाँ वर्षमा चल्ने गरी काम भइरहेको बताए । 

प्रदेश सरकारको नीति तथा कार्यक्रममा २०८५ सालसम्म पेट्रोलिय पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने नीति लिइएको छ ।

सरकारले साझा यातायातलाई बिजुली बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएपछि प्रदेश सरकारले पनि हात झिकेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र लेख्दै साझालाई बिजुली बस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। एक वर्षअघि नै सरकारले ३ सय बिजुली बस किन्ने निर्णय गरेको थियो  । नेपाल समाचारपत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्