२२ असार २०८३, सोमबार

आदिवासी जनजाति महासंघमा एमाले विरुद्धको गठबन्धन विजयी

कात्तिक २०, २०७४
आदिवासी जनजाति महासंघमा एमाले विरुद्धको गठबन्धन विजयी
चितवन, ६ पुस–नेपाल आदिवासी जनजाति महासंघको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी भएका हुन् । ५६ मतदाता रहेको महासंघमा बरामले ३१ र भुजेलले २३ मत पाउनु भएको थियो भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत पाएका थियो । यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण आज मात्रै सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्