कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
माघ १२, २०७६
प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम नै कायम हुने भएको छ । प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा प्रदेशको राजधानी जनकपुर तोक्ने सहमति जुटेको हो ।
राजधानी जनकपुर नै कायम गर्ने निर्णय समितिमा सर्वसम्मतिले पारित भएको समिति संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले लोकान्तरलाई जानकारी दिए । समितिले प्रदेश राजधानीको सीमा पनि टुंगो लगाएको छ । यो प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि राजधानीको अन्तिम टुंगो लाग्नेछ ।
‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति जुटेको छ,’ सभामुख यादवले भने, ‘समितिमा सर्वसम्मतिले उक्त प्रस्ताव पारित गर्न सफल भएका छौं ।’
विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।
‘भोलि भविष्यमा राजधानी भएका कारण जनकपुरधाम उपमहानगरबाट महानगरमा परिणत हुने हुँदा उपमहानगरभित्र सीमित गर्न हुँदैन भनेर कांग्रेसलाई मनाउन सफल भयौं,’ सभामुख यादवले भने ।
उक्त समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य छन् ।
प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार काम शुरू गरेको मितिले १ महिनाभित्र उक्त विशेष समितिले प्रतिवेदन प्रदेश सभामा पेश गर्नुपर्ने थियो ।
गत पुस ११ गतेदेखि काम थालेकोमा यही माघ ११ गते (शनिवार) एक महिना पूरा भएको छ । समिति प्रदेशको नामका सम्बन्धमा भने टुंगोमा पुग्न सकेको छैन ।
‘प्रदेश सभाको बैठक नै लामो समयदेखि बस्न नसकेका कारण समितिको म्याद थप्न सकिएको छैन,’ सभामुख यादवले भने, ‘प्रदेश सभाको बैठक शुरू भएपछि समितिको म्याद थपिनेछ ।’
नामका लागि पनि माघ १३ गते सोमबार बैठक बोलाइएको छ । प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतलाई बैठकमा बोलाइएको उनले बताए ।
‘छिट्टै बैठकमा सबै पक्षलाई राखेर नामको सबालमा समेत सर्वसम्मति जुटाउने प्रयास गर्नेछौं,’ सभामुख यादवले भने, ‘जसरी राजधानीमा सर्वसम्मति भएको छ, त्यसैगरी नामको विषय पनि सर्वसम्मतिले नै पारित हुनेमा मलाई पूर्ण विश्वास छ ।’
समितिको बैठक पुस ११ गते, पुस १५ गते, पुस १७ गते र माघ १० गते गरी ४ पटक बसिसकेको छ । सत्ता पक्षधर समाजवादी र राजपाले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश र कांग्रेसले मिथिला–भोजपुरा प्रदेश प्रस्ताव गरेका छन् । यही ३ प्रस्तावमा केन्द्रित भएर छलफल भइरहेको छ ।
प्रदेश सभा गठन भएको यही माघ २१ गते २ वर्ष पूरा हुँदैछ । दोस्रो वार्षिकोत्सव मनाउने समय आउँदा पनि प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन सकेको छैन । माघ २१ भित्रै नसकिए पनि माघ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानीको विषय प्रदेश सभाबाट टुंगो लाग्ने सभामुख यादव बताउँछन् ।
सभामुख यादवका अनुसार संसदीय समितिले पारित गर्ने प्रतिवेदन प्रदेश सभाको बैठकमा लगिनेछ र त्यस प्रतिवेदनको प्रस्तावउपर मतदान हुनेछ ।
दुईतिहाइ बहुमतले प्रस्ताव पारित भएपछि नामाकरण र राजधानी टुंगो लाग्नेछ ।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । अन्य प्रदेशमा नेकपासँग दुईतिहाइ बहुमत भएपनि प्रदेश २ मा कम्तिमा ३ दल मिल्नुपर्ने बाध्यात्मक अवस्था छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...