०८ साउन २०८३, शुक्रबार

वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा

माघ १४, २०७६
वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो। 
    
स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो। 
    
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक मंगलबार बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं कोे टिपरले किचेर भएको मृत्यु भएपछि  तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दङ्गाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा भोलि बिहान ६ बजेसम्म जारी गरिएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्