०३ असार २०८३, बुधबार

सभामुख चयनपछिको पहिलो बैठक, सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा

माघ १५, २०७६
सभामुख चयनपछिको पहिलो बैठक, सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा

संघीय संसद्को प्रतिनिधिसभामा सभामुख निर्वाचनपछिको पहिलो बैठकमा प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले सभामुखलाई बधाईसँगै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटालाई बधाई दिंदै अधिकांश शीर्ष नेताहरूले एमसीसीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । 

सभामुख सापकोटाको कार्यकाल सफलतापूर्वक अघि बढाउन सबै दलको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा  ओलीले मुलुकको  विकासका लागि एमसीसी सर्वसम्मतले पारित गर्नुपर्ने धारणा राखे । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्