३० असार २०८३, मंगलबार

हिमपातले ताक्लाकोटमा ६० जना नेपाली कामदार अलपत्र

माघ १६, २०७६
हिमपातले ताक्लाकोटमा ६० जना नेपाली कामदार अलपत्र
फाइल तश्वीर

मजदुरीका लागि चीनको ताक्लाकोट पुगेका करिब ६० जना नेपाली कामदार भारी हिमपातका कारण अलपत्र परेका छन् ।

गत वैशाखमा रोजगारीका लागि त्यहाँ पुगेका उनीहरू घर फर्कने क्रममा अलपत्र परेका हुन्।

भारी हिमपातले नाम्खा गाउँपालिका-५ स्थित नारा लेकमा बर्सेनि नाम्खा बाटो अवरुद्ध भएपछि उनीहरू बीचैमा रोकिएका हुन् ।

नारा लेक करिब ५ हजार मिटरको उचाइमा छ । हिमपातका कारण घर फर्कन नसकेपछि ताक्लाकोटमै अलपत्र परेको सिमकोट ताक्लाकोटम गाउँपालिका-४ की रिङजिनआम लामाले बताइन् ।

'हिउँ पर्नु अगाडि नै घर फर्कन खोजेका थियौं, काम गरेको रकम ढिलो पाएकाले फर्कन सकेनौं,' उनले भनिन्, 'अहिले ताक्लाकोटमा अलपत्र परेपछि खान बस्न समस्या भएको छ।'

उनले काम गर्ने सिजन मंसिर पहिलो साता नै सकिए पनि काम गर्ने कम्पनीको लापरबाहीले फर्कन समस्या भएको गुनासो गरिन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्