२१ असार २०८३, आइतबार

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री बास्काेटा

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री बास्काेटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताएका हुन्।

सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताए।

उनले कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए।

मन्त्री बाँस्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागी हुन बिहीबार बेलुका विराटनगर आएका हुन्।

 

salt training

कमेन्ट गर्नुहोस्