नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ ।
सोमवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
सोमवार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी सोमवार चाँदीको मूल्य भने केही बढेको छ ।
यसदिन चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।