पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कोरोना भाइरस संक्रमणको परीक्षणका लागि नमूना संकलन गर्न २ नम्बर प्रदेश सरकारसँग १० वटा किट मात्र रहेको छ ।
प्रदेश सरकार मातहत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १० वटा किट उपलब्ध गराइएको भएपनि अब ९ वटा किट मात्र सुरक्षित रहेको प्रयोगशालाका निर्देशक रामबिनय साहले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले १० वटा किट उपलब्ध गराएको थियो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका २८ वर्षीय एक युवकको परीक्षणका लागि एउटा किट प्रयोग भएको उनले बताए ।
ती युवकमा कोरोना संक्रमण नभेटिएको निर्देशक साहले बताए । ‘थ्रोट र नेजल स्वाब संकलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौं । रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।
२०६८ सालको जनगणना अनुसार प्रदेशको जनसंख्या ५४ लाख ४ हजार १४५ छ । हाल त्यो संख्या बढेको छ तर यतिधेरै जनसंख्या रहेको प्रदेश सरकारसँग ९ वटा मात्रै किट मात्र बाँकी छ । कोरोनाको संक्रमण थोरै पनि फैलियो भने प्रदेश सरकारसँग नमूना संकलन गर्ने किटसम्म पर्याप्त छैन ।
प्रदेश सरकारसँग नमूना संकलन गर्न जाने स्वास्थ्यकर्मीले लगाउने पोशाक ‘पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट’ (पीपीई) पनि छैन । ‘कुल २० थान मात्र पीपीई हामीसँग छ,’ प्रयोगशालाका ल्याब टेक्निसियन युगल किशोर यादवले लोकान्तरसँग भने, ‘राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले १५ थान र प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट ५ थान पीपीई प्रदान गरिएको छ ।’
खुट्टादेखि टाउकोसम्म छोपिने गरी एप्रोन, एन९५ मास्क, चश्मा, टोपी, पञ्जा, गमबुट सहितको सेटलाई पीपीई भनिन्छ । पीपीई सेटमा गमबुट समेत हुने भएपनि हालसम्म गमबुट नदिइएको उनले गुनासो गरे ।
नाम मात्रको प्रयोगशाला !
प्रदेश सरकार मातहत जनकपुरमा प्रादेशिक प्रयोगशाला स्थापना गरेको भएपनि प्रयोगशालामा परीक्षण नै हुँदैन । साविकमा जिल्ला जनस्वास्थ्य कार्यालय रहेको हालको स्वास्थ्य कार्यालय धनुषाको २ वटा कोठामा प्रयोगशाला कार्यालय खोलिएको छ तर कुनै पनि रोगको परीक्षण भने हुँदैन ।
‘कात्तिक ४ गते हाम्रो कार्यालय स्थापना भयो तर स्रोतसाधनको अभावमा प्रयोगशाला कक्ष बनाइएको छैन,’ निर्देशक साहले भने, ‘अहिले हामीसँग मातहतको अस्पताल वा स्वास्थ्य संस्थामा नै गएर नमूना संकलन गर्ने विकल्प मात्रै छ ।’
कोरोना संक्रमणको आशंकामा कोही बिरामी आए प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा पुगेर नमूना संकलन गर्नुपर्ने उनले बताए । ‘फेरि बिरामी एक ठाउँबाट अर्को ठाउँमा गए संक्रमण थप मानिसमा फैलिन सक्ने खतरा एकातर्फ छ भने प्रदेशका ८ वटै जिल्लामा गएर नमूना संकलन गर्न पनि सम्भव छैन,’ उनले भने, ‘एक त हामीसँग पर्याप्त जनशक्ति छैन, अर्कोतर्फ अन्य जिल्लामा पुगेर नमूना संकलनका लागि जान सवारीसाधन पनि छैन । हामी हतियार विनाका लडाकु जस्ता छौं ।’
प्रादेशिक प्रयोगशालामा १४ जनाको दरबन्दी छ । त्यसमध्ये ७ जना मात्र कार्यरत छन् । ५ जना प्राविधिक, १ जना लेखापाल र १ जना कार्यालय सहयोगी कार्यरत छन् । कार्यरत ५ जना प्राविधिकमध्ये २ जना प्राविधिक ल्याब टेक्निसियन गुणानन्द साह र रामउदगार यादव प्रादेशिक अस्पताल जनकपुरमा पहिलेदेखि नै काजमा छन् । त्यसकारण प्रयोगशालामा जनशक्ति पनि अभाव रहेको उनले बताए ।
कोरोना भाइरस जाँचको नमूना संकलन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रादेशिक प्रयोगशालाका २ जना प्राविधिकलाई बोलाएर तालिम भने दिएको छ ।
भेन्टिलेटर विनाका आइसोलेसन वार्ड
प्रदेशभित्रका अस्पताल नारायणी अस्पताल वीरगञ्जमा ५० शय्या, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा ३ शय्या, नेसनल मेडिकल कलेज वीरगञ्जमा ५ शय्या, जानकी मेडिकल कलेजको रमदैयास्थित अस्पतालमा ६० र जनकपुरस्थित सिटी अस्पतालमा २० शय्या, प्रादेशिक अस्पताल जनकपुरमा ३ शय्याको आइसोलेसन वार्डको व्यवस्था मिलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए ।
कोरोना भाइरस संक्रमणको आशंका लागेमा वा पुष्टि भएमा उपचारका लागि राखिने वार्डलाई आइसोलेसन वार्ड भनिन्छ । आइसोलेसन वार्डमा राख्दा भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) हुनुपर्छ तर प्रदेश सरकारले गरेको तयारी भने गफमा मात्रै सीमित छ । ती आइसोलेसन वार्डमध्ये सबैमा भेन्टिलेटर सहितको आईसीयू छैन । जानकी मेडिकल कलेजको रमदैयामा सरकारले ६० शय्या छुट्याइएको दाबी गरेको छ तर त्यहाँ २ वटा भेन्टिलेटर मात्र सञ्चालनमा रहेको अस्पतालको इमर्जेन्सी कक्षका इन्चार्ज उमेश यादवले लोकान्तरलाई जानकारी दिए ।
मेडिकल कलेजको जनकपुरस्थित सिटी अस्पतालमा २० शय्या छुट्याइएको सरकारको दाबी छ तर त्यहाँ ९ वटा भेन्टिलेटर मात्रै रहेको इन्चार्ज यादवले बताए । त्यो ९ मध्ये २ वटा मात्र सञ्चालनमा रहेको र अन्य बिग्रेको उनले बताए ।
कोरोना भाइरसविरुद्ध लडाइँ लड्नका लागि प्रदेश सरकारसँग कुनै गतिलो हतियार नै छैन । भएका स्रोतसाधन र जनशक्ति पहिलेदेखि नै उपचाररत बिरामीमा प्रयोग भइरहेकाले कोरोनाविरुद्ध छुट्टै स्रोतसाधन र जनशक्ति देखिँदैन । स्वास्थ्य निर्देशक झा भने कोरोनाविरुद्ध लडाइँको तयारी गर्दै अगाडि बढ्ने बताउँछन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...