माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
राणा शासनमा राणा र प्रजातन्त्रमा राजालाई दोष देखाएर उम्कने नेताहरु फेरिए, तर प्रवृत्ति फेरिएन । समयको परिवर्तनसँगै देश विकास र नेतामा पनि परिवर्तन आउने आकांक्षा राखेका जनतामा नेताको उही प्रवृत्तिले निराश वनाइदियो ।
इतिहास भजाएर र पारिवारिक पृष्ठभूमि देखाएर राजनीतिमा छिरेका नेपाली नेताहरुको योग्यता, क्षमता र कार्यकुशलता इतिहासको भन्दा पृथक हुन सकेन । वैचारिक स्तर विनाको नेता भइ टोपल्लिएकाहरुबाट पनि परिवर्तनका आशा गर्नु कमजोर जनताको मनस्थिती शिवाय केही हुँदैन । ‘गधालाई धोएर गाई वनाउन सकिँदैन’ भन्ने लोक उक्तिलाई समेत बेवास्ता गरि नेतालाई सर्वमान्य ठान्नु नै जनताको कमजोरी वनिदियो ।
पात्र फेरिए, प्रवृत्ति फेरिएन ।
हिजोको सत्ता र शक्तिको चास्नीमा चुर्लम्म डुबेका नेताहरु आजको यो वदलिदो परिवेशमा पनि आफुलाई श्री ३ महाराज सम्झने कुकृत्य रहिरह्यो । जनताप्रति नेता समर्पित हुनुपर्नेमा नेतामुखी जनता वनिदिदाँ समाज अस्तव्यस्त भयो । शक्ति र सत्ता मात्र सर्वेसर्वा सम्झने नेता ढुङ्गेयुगवाट २१ औ शताव्दीको संचारको यो युगमा आइसक्दा समेत जनतालाई भेडा मात्र सम्झने सोचमा परिवर्तन आएन । जसको फलस्वरुप योग्य र सक्षम जनताहरुसमेत नेतामुखी वन्न वाध्य भए ।
नेताको परिचयमा ह्रास आइसक्यो । तर नेतामा सोचको विकास आएन, शक्ति आर्जनका लागि जे पनि गर्ने र सत्तामा पुगिसकेपछि जनतालाई विर्सने परिपाटी झन विकराल हुँदै गयो ।
राजनीति शव्द नै फोहरी लाग्न थालिसकेको परिस्थितिमा पनि राजनीतिका नाममा लाजनीति गर्ने खुल्ला परिपाटी विकास भयो । जनतामुखी नेता हुनुपर्ने नेतामुखी जनताको भीडले नेताको घमण्डलाई झन माथि पुरयाइदियो । परिवर्तनका नारा ओकल्ने नेता परिवारका अगाडि निरीह देखिए ।
देश परिवर्तन गर्छु भनेर जंगल पस्ने र आम जनताको छोरालाई मृत्यृवरण गर्न वाध्य पार्ने नेताहरु शक्ति सत्ता र पैसामा चुर्लम्म डुबे । त्यही डुवानको रस्वादानमा पुगेपछि जनताको पीडा विर्सिए ।
राजनीति आफैंमा सेवा हो, व्यापार होइन भन्ने समान्य ज्ञान समेत नभएका नेता र त्यस्ता नेतालाई जिताउने जनताहरु राजनीतिका नाममा स्वार्थी व्यापारी वनिदियो । त्यही स्वार्थको फाइदामा रमाउने नेताहरुले जनताको कमजोरी बुझ्दै राजनीतिलाई खेती बनाए ।
व्यक्तिको योग्यता, क्षमता र कार्यकुशलता के हो भन्ने भेउसम्म पाउन नसक्ने राजनैतिक दलका नेतृत्वका कारण आम जनता लामो समयसम्म वन्धक जस्तै बनिरहेका छन् । देश भ्रष्टाचार, वेथितीमा डुव्न पुग्यो । जनताका नाममा राजनीति गर्ने तर अर्बौं एक्लै हसुर्ने नेताहरु जनताका नजरमा जर्नादन बने । जीवन के का लागि र समाज प्रति मेरो भुमिका के हो भन्ने भेउ पाउन नसक्ने कमजोर आर्थिक अवस्थामा गुज्रिएका जनताका लागि स्वार्थी नेताहरु फगत भगवान सिद्ध भए । जनताको कमजोरीमा टेकेर नेताहरुले आफ्नो जीवन शैलीलाई समान्यबाट धनी बर्गमा परिणत गरे । सिमित घेरा भन्दा माथि सोच्न नसक्ने नेताहरु विदेशीको कठपुतली बन्न पुगे ।
सत्ता केवल कमाउनका लािग हो भन्ने मान्यतामा परिणत भयो । पद कमाउने भ¥याङ बन्यो । अर्बौं कमाउने ध्यानमा मस्त नेताहरु यसैलाई नै राजनीतिको सुन्दर रुप मानिरहेका छन् । हिजो राणा र राजाको अन्याय, अत्याचार र भ्रष्टाचारमा औलो ठड्याउने नेताहरु अहिले आफ्ना कर्तुतबारे कसैले बोले उ विरुद्ध जाइलाग्न थालेका छन् । सत्ताको संरचना जस्तै केन्द्रिय नेताहरु विदेशीको गुलामी वन्दा अरु नेताहरु केन्द्रीय नेताहरुको गुलामीमा मस्त बने । त्यो गुलामीको पराकाष्ठ सिहदरवार र टोलटोलमा पुग्यो र गुलामीको हद घरघरमा पस्यो । कमाउने गतिलो माध्यम राजनीति बन्यो ।
पढाइमा कमजोर भएकाहरु कालान्तरमा नेता बने । नेताहरुले कमाउनका लागि राजनीतिलाई व्यापारिकरण गरे ।
यो प्रवृत्ति हिजो पनि चलिरह्यो र आज हुँदै कालान्तरसम्म चल्ने निश्चित छ ।
हिजो राणा र राजाको शासनकालमा चर्को विरोध गर्नेहरु सत्तामा पुगेपछि शान्त वने । शक्ति र सत्ताको चास्नीमा रमेकाहरु इतिहास भजाएर कुर्सिमा लिप्त बने । योग्यता र क्षमता विनाका राजनीति देश र जनताका लागि घाँडो बनिरहेको छ । नेता हुँ भन्ने भावनाले ग्रसित नेता र जनप्रतिनिधीहरुले आफूलाई राजा महाराज र सिहं बने ।
हिजोसम्म कमाउन नसकेकाहरु यही मौकामा अर्बौं कमाउने ध्यानमा लिप्त बनिरहेका छन् । दफा र धारामा अल्झाएर होस वा राजनैतिक पूर्वाग्रहका आधारमा उनीहरुको ध्यान देशको विकास भन्दा बढी कमाउमा रहेको छ । भोलि के हो के ? भन्ने मस्तिष्कमा जरा गाडेको सोचलाई नेताहरु सिर्फ भुडी भर्नमा व्यस्त बनेका छन् ।
देशमा व्यवस्था परिवर्तन भयो, सिमित नेता परिवर्तन भए तर उनीहरुको सोचमा परिवर्तन आउन सकेन ।
राजनीतिका नाममा नेताहरु रोडपतिबाट करोडपति वने, तर जनताको जीवनस्तरमा सुधार आएन । जनमुखी नेता भन्दा नेतामुखी कार्यकर्ता र जनताको भीडले चुर्लम्म डुवेको राजनीतिको नाममा भएको ‘लाजनिती’ले मुन्टो उठाईरहयो । नेतामा नफेरिएको सात सालको सोच ०७५ सालमा पनि उही रहेको पाउन सकिन्छ ।
नेताहरुले जनमतको कदर गरि प्राप्त अवसरलाई देश र जनताको जीवनस्तर उकास्नमा लाग्नुपर्नेमा परिवारवाद र नाता गोतामा लाग्दा देशको स्वाथ्र्य प्रमुख बन्न सकिरहेको छैन ।
जनताको मतबाट जितेका र सत्ताको स्वाद लिन पाएका नेताले जनतालाई दास र आफूलाई मालिक वा जनार्दनको रुपमा चित्रित गर्ने प्रवृत्तिमा विकास भएको छ । नेतामा भएको शक्ति र सत्ताको उन्मादले जनताको शिर विदेशी अनुदानको ऋणमा चुर्लम्म डुवेको छ । यसरी ‘जनताका लागि जनताले गर्ने शासन’मा भइरहेको अराजकता र व्यथितिका विरुद्ध जनता नै जागरुक हुनुपर्ने अवस्था बनेको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...