×

NMB BANK
NIC ASIA

उपत्यकाबाट ३८ मेट्रिक टन फोहर व्यवस्थापन

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । 

Muktinath Bank

बाग्मती सफाइ महाअभियानको ३०१ औँ हप्तामा टेकू दोभानस्थित बाग्मती पुल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, काठमाडौं महानगरपालिका–१२ का अध्यक्ष विकास डङ्गोल, वडा सदस्यलगायत जनप्रतिनिधि, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरहेका नवनियुक्त १०० जना शाखा अधिकृतको समूहसहित अभियानकर्मीको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

गुह्येश्वरीमाथिको नदी सफाइको २६२ औं हप्तामा गोकर्णेश्वर नगरपालिका–५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित हनुमानवाटिका मुनिको नदी किनारमा सफाइ गरियो । दुवै नगरपालिकाका वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको बाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । 

Vianet communication
Laxmi Bank

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । 

सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५६ हप्तामा रातोपुल–सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।  

विष्णुमती सफाइको २२८औं हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका–३ को सीमास्थित साङला खोलाको धनेश्वर र इन्द्रेणी पुलबीचको क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी १०० जनाको उपस्थिति रहेको थियो । 

बाग्मतीको तिलगङ्गा क्षेत्रमा २०२ औं हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन् । 

मरेका कुकुर नदी किनारमा गाडिनुका साथै नदीमा फालिएका बाँस र कपडा निकालेर व्यवस्थापन गरिएको उनले जानकारी दिइन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सुन्दरीघाटस्थित बाग्मती नदी किनारमा १११ औं हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले बताए । 

चक्रपथ सफाइ अभियानको ९७ औं हप्तामा नयाँबसपार्क क्षेत्रबाट शुरू गरिएको सफाइ कार्यक्रम सामाखुसी चोकमा समापन भयो । सफाइ स्वयंसेवक तिलक बस्नेतका अनुसार ३५० जना अभियानकर्मीको सहभागितामा भएको सफाइबाट गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । 

यस क्षेत्रमा खानेपानीको पाइप लगिएको स्थानमा ढल जमी फुटेको पाइपमा छिरेको भेटिएको अभियानकर्मी रेणुका गुरुङले बताइन् । खानेपानीमा ढल जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले बेलैमा ध्यान दिन उनले सरोकार भएका निकायलाई अनुरोध गरिन् । यस क्षेत्रको ढलमा ढकनी नराखिएकाले बाहिर निस्किएर खानेपानीको पाइप फुटेका स्थानमा छिर्न थालेको छ । 

फागुन २५ गते चक्रपथ सफाइ अभियानको १०० औं हप्तामा विशेष कार्यक्रमको तयारी गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइ अभियान विसं २०७३ वैशाख २ गतेदेखि शुरू भएको थियो । 

आलोकनगर सफाइको ९७ औं हप्तामा लोकेश्वर मन्दिर हुँदै कोटेश्वर जोड्ने बाग्मती पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन् । सो अवसरमा प्लाष्टिक सडकमा नफालौं भन्ने लगायतका विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो । सफाइमा ३१ नं वडा अध्यक्ष नारायण भण्डारी, वडा सदस्य रमेश सत्याललगायत आलोकनगर र शङ्खमूलवासीको सहभागिता थियो । 

चक्रपथ बाफल खण्ड सफाइको ७९ औँ हप्तामा स्युचाटार पुलबाट सोल्टीदोबाटोसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।  

सफाइ महाअभियान शुरू भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन नसकेको गुनासोसमेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेको छ । बाग्मती किनारमा सञ्चालन भएका सुँगुर, बँगुर फार्म र सुकुम्बासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन । 

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरू भएको थियो । बाग्मतीबाट प्रभावित भई उपत्यकाक अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x