×

NMB BANK
NIC ASIA

सांसद वलीको निधन : उदीयमान नेतृत्वको आकस्मिक अवसान !

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नारायणपुर – दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरू गरेका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपराह्न भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आएका सांसद वलीको शुक्रबार बिहान काठमाडौंमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ । 

Muktinath Bank

विद्यार्थीकालदेखि राजनीतिक यात्रा शुरू गरेका वली पूर्णकालीन रुपमा राजनीति मै होमिनुभएपछि पश्चिम दाङमा विकासले मुहार फेर्न थालेको स्थानीयवासी बताउँछन् । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम दाङले वर्षौंपछि प्राप्त गरेको विकासप्रेमी नेता गुमाउनुपरेको प्रतिक्रिया दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जतिबेलादेखि सांसद वलीले केन्द्रीय राजनीतिमा पहुँच राख्न शुरू गर्नुभयो, त्यो समयदेखि पश्चिम दाङले विकासको महसुस गर्न पाएको हो,’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘जनतालाई खुशी बनाएर आफू खुशी हुने नेता हुनुहुन्छ उहाँ ।’ 


Advertisment
Nabil box
Kumari

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद वलीले चालू आर्थिक वर्षका लागि मात्रै पश्चिम दाङमा करोडौं बजेट तथा कार्यक्रमहरु भित्र्याएका थिए । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चालू आवमा आफ्नो गाउँपालिकाका लागि मात्रै ७ करोडको बजेट प्रदेश सरकारबाट विनियोजन भएको बताए । दंगीशरण गाउँपालिका सांसदको वलीको गृह गाउँपालिका पनि हो । ‘यो क्षेत्रले अहिलेसम्म राजनीतिक नेतृत्व पाउन सकेको थिएन, उत्तरकुमारको उदय हुने बित्तिकै विकासको कार्यक्रमहरू शुरू भएका हुन्,’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो गाउँपालिकामा मात्रै ७ करोडभन्दा बढीको बजेट उहाँकै पहलमा विनियोजन भएको छ ।’

Vianet communication
Laxmi Bank

विकासको पहिलो पूर्वाधारको रुपमा सडक र शिक्षालाई प्राथमिकता दिँदै बजेट तथा कार्यक्रमहरु निर्माण गरेका सांसद वलीको पहलमा पश्चिम दाङमा सिँचाइ सुविधाका लागि कुलो, नहर र बाँध निर्माणका कार्यक्रमहरु शुरू भएका छन् । 

सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण, युवाका लागि खेलकूद मैदानको निर्माण, पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका योजनाहरू सांसद वलीकै नेतृत्वमा सञ्चालन भएको बबई गाउँपालिकाका अध्यक्ष पौडेल स्मरण गर्छन् ।

वलीको निधनपछि पश्चिम दाङले एक सबल नेतृत्व गुमाएको बताउँदै अध्यक्ष पौडेलले भने, ‘यो वर्ष बबई गाउँपालिकामा मात्रै ३ करोडको बजेट उहाँकै पहलमा विनियोजन भयो । त्यो बजेटमा नयाँ सडकको ट्रयाक निर्माण, स्तरोन्नति र विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गर्ने योजनाहरू छन् ।’ 

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सांसद वलीजस्ता राजनीतिक विचारले दृढ र विकासमा नेतृत्व दिनसक्ने अर्को नेता दाङले पाउन धेरै वर्ष कुर्नुपर्ने बताए । ८ कक्षादेखि वलीसँग मित्रवत् सम्बन्धमा रहेर काम गर्दैआएको बताएका सांसद चौधरीले पश्चिम दाङको आर्थिक विकासका लागि धेरै योजनाहरू लिएर वलीले राजनीति गरेको सम्झन्छन् ।

को हुन् सांसद उत्तरकुमार ? 

दंगीशरण गाउँपालिका वडा नम्बर ६ लेटारका सांसद वलीको जन्म साल २०४१ हो । विद्यार्थी जीवनमै गाउँको विद्यालय अखिलको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थीहरुको नेतृत्व गरेका वलीले जिल्ला कमिटीबाट तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ को इञ्चार्ज भएर काम गरेका थिए ।

आईएस्सी अध्ययनका लागि नेपालगञ्जस्थित बहुमुखी क्याम्पसबाट समेत वलीले राजनीतिक गतिविधि गरेका थिए । बिएस्सी अध्ययनका लागि काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गरेका सांसद चौधरीले जानकारी दिए । उनले भने, ‘सबैका प्रिय विद्यार्थी नेताको रुपमा उहाँले शैक्षिक विषयहरुमा बहस चलाउनुहुन्थ्यो । उहाँ विद्यार्थीे आन्दोलनलाई नेतृत्व गरेर सफल बनाउने नेता हुनुहुन्थ्यो ।’ 

सांसद वली तत्कालीन निर्वाचन क्षेत्र नम्बर ५ बाट २०६४ मा र सविधानसभाको २०७० सालको निर्वाचनमा पनि उम्मेदवार भए । दुवै निर्वाचनमा पराजित भएपनि प्रदेश सभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी भए । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भने, ‘निर्वाचन हारेपनि जनतामाझ पुगेर विकास निर्माणका बारेमा छलफल गर्ने, योजनाका लागि पहल गरिरहने र समस्या भए व्यक्तिगत लगानीमा विकासका लागि स्थानीयवासीलाई सहयोग गर्ने व्यवहारका कारण वली सबैको प्रिय बन्नु भएको थियो ।’ 

माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गरेका सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए ।

घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको यात्रुवाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा१८च ६८३६ नम्बरको सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा–३ चिसापानी नजीकै ठक्कर दिएको थियो । 

सांसद वली आफैंले कार चलाएका थिए । दुर्घटना लगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहेका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र २ छोरा छन् । – नवीन नेपाली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x