माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भारतीय वायुसेनाले पाकिस्तानका विभिन्न ठेगानामा मंगलवार बिहान आक्रमण गरेर बम खसाएको दाबी गरेपछि दुई देशबीचको तीतो सम्बन्ध चर्केर युद्धको स्थितिमा पुगेको छ ।
इस्लामाबादले भारतको यस आक्रमणको जवाफी कारवाही नगरी बस्न सक्दैन । यस्तो अवस्थामा भारत र पाकिस्तान दुवैसँग भएको आणविक हतियारको भण्डार चिन्ताको विषय बनेको छ । सशस्त्र संघर्षको स्थितिमा दुवै पक्षले आणविक आक्रमण गर्नसक्ने सम्भावना रहन्छ र यसको परिणाम दुई देशका लागि मात्र नभई दक्षिण एसियाका लागि नै निकै घातक हुन्छ ।
हुन त दुई देशसँग रहेको आणविक हतियारको संख्या स्पष्ट छैन । सन् २०१७ को सिप्री वर्षपुस्तक अनुसार, भारतसँग १२० देखि १३० वटा आणविक वारहेड हतियार छन् र त्यो संख्या क्रमशः बढिरहेको छ । सन् २०१७ सम्म पाकिस्तानसँग १४० वटा आणविक वारहेड हतियार छन् र विज्ञहरूले अनुमान गरेअनुसार इस्लामाबादले सबै किसिमका आणविक हतियार उत्पादनलाई तीव्र गतिमा बढाइरहेको छ ।
दुवै देशसँग आणविक हतियारबाट बम हान्ने विविध किसिमका प्रणाली विद्यमान छन् जसमा रणनीतिक विमान र जमीनबाट प्रहार गर्न मिल्ने मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्रसहितका पनडुब्बीहरू पर्छन् ।
पुलवामामा भएको आतंकवादी आक्रमणपछि विकसित घटनाक्रमले जन्माउने सम्भाव्य दृश्य यसप्रकार हुनेछन् । पाकिस्तानी वायुसेनाले भारतीय भूभागमा रहेका सैन्य ठेगानामा भारतले मंगलवार प्रयोग गरेकै जस्तो हतियारले आक्रमण गर्नेछ । यसरी यो आक्रमण प्रत्याक्रमणको समान स्थिति बन्दा दुवैको अहंकार तुष्टि हुनेछ र उनीहरू वार्तामा बस्न सक्नेछन् । यही नै सर्वाधिक सम्भाव्य र अपेक्षित दृश्य हो ।
तर परिस्थितिको मूल्यांकन गर्दै अनि कारवाही रणनीतिको अध्ययन गर्दै हामीले अर्को सम्भाव्य दृश्यलाई पनि बेवास्ता गर्न मिल्दैन । त्यो के भने सीमाको यो द्वन्द्व शुरूमा स्थानीय र पछि गएर बृहत्तर युद्धमा परिणत हुन पनि सक्छ र त्यस युद्धमा परम्परागत हतियारहरू मात्र प्रयोग गरिन सक्छन् । यो दुई आणविक शक्तिराष्ट्रहरू खुलमखुला युद्ध गर्ने इतिहासमै नदेखिएको स्थितिमा पनि पुग्न सक्छन् । दोस्रो विश्वयुद्धमा पनि यस्तै घटना भएको थियो र त्यतिखेर युद्धरत पक्षहरूले रासायनिक हतियार प्रयोग नगर्ने विकल्प छानेका थिए ।
सम्भाव्य आणविक आक्रमणका विषयमा के ढुक्क भए हुन्छ भने भारत र पाकिस्तान दुवैसँग रणनीतिक आणविक बल कारवाही योजना छ ।
भारत र पाकिस्तान दुवैले सम्भाव्य आणविक हमलाको योजना धेरै पहिलेबाट बनाउँदै आएका छन् : उनीहरूले आफ्नो टार्गेट पहिचान गरिसकेका छन्, हवाई मिसन विकसित गरिसकेका छन् र तिनलाई तत्तत् प्रणालीमा समावेश गरिसकेका छन् । ठूलो चिन्ताको विषय भनेको तिनीहरूले कारवाही योजनालाई सांगोपांग रूपमा कार्यान्वयन गर्न सक्छन् ।
विशेषगरी उनीहरूले ठूला शहरलाई टार्गेट बनाउन सक्छन् । उदाहरणका लागि, भारतको मुम्बईको जनसंख्या दुई करोडभन्दा बढी छ र यो संसारकै सबभन्दा बढी जनघनत्व भएको शहरमध्ये एक हो । आणविक आक्रमण भएको खण्डमा हताहतीको संख्या लाखौंमा पुग्न सक्छ ।
पाकिस्तानसँग पनि बढी जनघनत्व भएका क्षेत्र छन् । अझ, जमीनबाट आणविक आक्रमण गरिएमा वातावरणमा हजारौं टन रेडियोयाक्टिभ विकिरणहरू प्रवेश गर्नेछन् र हावाहरूले उक्त विकिरणलाई मध्य एसियाभरि फैलाउनेछन् ।
यस्तो अवस्थामा (अलि नराम्रो सुनिएपनि) दुवै पक्षले एकअर्काको मरुभूमि क्षेत्रमा आक्रमण गरेर आफ्नो आणविक क्षमताको प्रदर्शन मात्र गरेमा सही ठहरिन्छ । उदाहरणका लागि, भारतले ठूलो क्षेत्रफल ओगटेको थार मरुभूमिको दक्षिणपश्चिमी भागमा आक्रमण गर्न सक्छ भने पाकिस्तानले मरुभूमिको दक्षिणपूर्वी भागमा एउटा क्षेप्यास्त्र प्रहार गर्न सक्छ । अनि एकअर्काको निर्णायक सोचलाई हेरेर दुवै देश कूटनीतिको बाटोमा हिँड्न सक्छन् ।
तर यस क्षेत्रमा घटनाक्रमहरू तीव्र रूपमा विकसित भएर (जतिसुकै बोल्ड भए पनि) कुनै पनि भविष्यवाणी वा सम्भावित दृश्य वास्तविकतामा परिणत नहुने स्थिति आउन सक्छ किनकि सम्भाव्य विकासको अनुमान गर्न सकिने स्थिति छैन ।
आरटी डट्कममा प्रकाशित सैन्य टिप्पणीकार मिखाइल खोदारेनोकको विश्लेषण
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...