×

NMB BANK
NIC ASIA

जनकपुर–जयनगर रेल चलाउने तयारी, कहिले चल्छ ?

फागुन ३०, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धनुषा – वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । 

Muktinath Bank

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरू गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरू गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरू भएको मिश्रको भनाइ छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ । उहाँले कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

विभागले सो मार्गमा रेल सञ्चालनका लागि भारतबाट दुई रेल खरीद गर्ने जनाएको छ । रेल खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ । जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ । 

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेहनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन । 

रेल्वेको इतिहास 

विसं १९९४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जङ्गलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किमीसम्म सञ्चालनमा थियो । विसं २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किमीमा मात्र सीमित भयो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भए पनि नियमित थिएन । 

शुरूमा इन्धनका रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो । विसं २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इञ्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो । 

रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजङ्ग थापा नियुक्त हुनुभएको थियो । विसं २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेका रूपमा चिनिएको छ । 

संसारमै कतै नभएका इञ्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञान विषयका शिक्षक उपेन्द्र ठाकुर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वैदेही नगरपालिकाको खजुरी स्टेशनमा म्युजियम निर्माण गरेर कोइला इञ्जिन संरक्षण गरिएमा पर्यटक भित्र्याउन सकिन्छ ।” सरकारलाई न्यारोगेज कोइला इञ्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारले २०३९ सालमा जनकपुर आएर ती इञ्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यतिबेला एउटा इञ्जिनको साटो तीन डिजेल इञ्जिन उपलब्ध गराउने प्रस्तावसमेत गरिएको थियो । 

त्यसबेला तत्कालीन सरकारले आफैंँ सङ्ग्रहालय बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । पछि राजनीतिक परिवर्तनका कारण सङ्ग्रहालय निर्माणसम्बन्धी काम अघि बढ्न सकेन । 

जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुरा समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेशनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इञ्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्ने लगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मतसम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो । 

पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ । 

संरक्षणका लागि नेपाल रेल कम्पनीका निमित्त प्रमुख तुलाबहादुर डाँगीसहित खटाइएका १७ कर्मचारीमध्ये कार्यालयमा एक जना पनि भेटिँदैनन् । घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरवाहीका कारण करोडौंँको सम्पत्ति क्षतिग्रस्त हुँदैछ । 

पर्यटकीय तथा धार्मिक नगरी जनकपुरधाम वा आसपासका क्षेत्रमा संसारमा कतै नभएको रेल इञ्जिनको सङ्ग्रहालय निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताउनुभयो । 

समाजशास्त्री नीलबहादुर लुम्रे नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिन पनि संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । यसलाई प्रदेश सरकारले सङ्ग्रहालय बनाएर राख्नुपर्ने उहाँको सुझाव छ । 

ब्रोडगेजको तयारी

पुरानो न्यारोगेज रेल्वे बन्द भए पनि अहिले ब्रोडगेज रेल्वेको तयारी भइरहेको छ । सबैभन्दा कम २ फिट ६ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ । बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमी ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुगेको जनाइएको छ । 

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सेवा सञ्चालन हुनेछ । न्यारोगेजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ । 

रेल कम्पनीका निमित्त प्रमुख डाँगीका अनुसार अबको दुई महिनामा प्लेटफर्मसहित स्टेशन र हल्ट निर्माणले पूर्णता पाउने छ । विभागले प्रत्येक स्टेशनमा रेल्वे कम्पनीका कर्मचारीलाई खटाएको छ । 

विगतमा ‘न्यारो गेज रेल’ सञ्चालनमा रहेको बेला स्टेशन घरदेखि प्लेटफर्म पुरानो ढाँचाका थिए । अहिले बनिरहेको स्टेशनको डिजाइन भारतको राइट्स कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाले बताउनुभयो । 

जनकपुरमा स्टेशन नभएर हल्ट बनेको छ । स्टेशनमा रेलका दुई लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटा मात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागि मात्र रोकिने गर्छ । 

विगतमा जनकपुर अन्तिम स्टेशन थियो । ‘न्यारो गेज’ हुँदा तीनदेखि चारसम्म रेलको लिक बिछ्याइएको थियो । अहिले जनकपुर हल्टमा परिणत हुनाका साथै सिङ्गल लिक बिछ्याइएको छ । अन्तिम स्टेशन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेशन बनेको छ । 

जनकपुरधाम हल्ट आकर्षक देखिएको छ । प्रदेश नं २ को राजधानीसमेत भएकाले यात्रुको चाप अन्य स्टेशन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेट फर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ । 
आर्थिक गतिविधि बढ्ने 

जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिबास रेल सेवा सञ्चालनमा आएपछि कोलकाता बन्दरगाहबाट काठमाडाँैंको दूरी १३० किलोमिटर घट्ने छ । जयनगर–बर्दिबास रेल सेवा सञ्चालन भएपछि स्थानीयस्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ । 

जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभङ्गा महाराज (भारत स्वतन्त्र हुनुपूर्वका राजा) सँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभङ्गा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेल सेवा सञ्चालन भएसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ । 

सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भई सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । रेल विस्तार तथा स्तरोन्नतिले स्थानीय बासिन्दा हर्षित छन् । 

८ स्टेशन र ६ हल्ट 

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् । 

स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ । जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहने छ । जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किमी रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ । अजयकुमार साह / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x