कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
बैशाख ९, २०७६
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जिल्लास्तरीय नेतृत्वको बाँडफाँड टुंग्याएको छ । आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए ।
स्रोतका अनुसार सचिवालय बैठकले पूर्व एमालेको भागमा ४२ र पूर्व माओवादीको भागमा ३५ जिल्लाको नेतृत्व पर्ने गरी एकीकरण प्रक्रिया टुंग्याएको छ ।
पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीबाट सचिव हुने र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेबाट सचिव हुने गरी जिल्ला तहको नेतृत्व छनोट भएको हो ।
राजधानीमा आज आयोजना हुने समारोह मार्फत यो कुरा घोषणा हुनेछ । दुईपार्टी एकीकरण हुनुपूर्व जिल्ला कमिटिको नेतृत्व गरेकै व्यक्ति अध्यक्ष र सचिव रहने पनि सहमति भएको छ ।
पार्टीको पोलिटब्युरो, विभाग र जनवर्गीय संगठनको एकीकरण भने आगामी केही दिनमा टुंगिने बताइएको छ ।
श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेका बताइएको छ भने सवैस्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।
चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ ।
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरूमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।
त्यहाँको सरकारले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ ।
यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आक्रमणको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन् ।
राप्रपा कार्यदल गठन
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।
पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोस्रो चरणको सङ्घर्षलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा राजेन्द्र लिङ्देन, डा धवलशम्शेर राणा, भाष्कर भद्रा, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात दिनभित्र कार्ययोजना पेश गर्ने पार्टीले जनाएको छ । यसैबीच राप्रपालाई वार्तामा आउन आग्रह गर्दै सरकारले आइतबरा पत्र पठाएको छ ।
नेपालीबाहेकका विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन हुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताएका छन् ।
बनेपा नगरपालिका–१ सिमलडाँडास्थित महाङ्काल आधारभूत विद्यालयको नवनिर्मित नौकोठे चार भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “नेपालीबाहेकका सबै विषय अङ्ग्रेजीमा शिक्षण गराउने प्रक्रियाअन्तर्गत आउँदो वर्ष नर्सरीदेखि नै अङ्ग्रेजीमा कक्षा सञ्चालन गर्नेबारे अहिलेदेखि नै गृहकार्य गर्न हामी सोचिरहेका छौँ ।”
उनले शिक्षकलाई अङ्ग्रेजी विषयमा शिक्षण गर्नका लागि तयार रहन आग्रह गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् ।
रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उनले बताए ।
निगमले दिल्ली उडान थप्यो
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ ।
यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिए ।
आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।
यसैबीच निगमले खरिद गरेको वाइडबडी विमान योजनाअनुसार नचल्दा निगम आर्थिक संकटमा परेको छ ।
खरिद गर्नुपूर्व बनाएको योजना अनुसार विमान नचलाउँदा आर्थिक संकटमा पर्नुका साथै निगमले विमान खरिदका लागि लिएको ऋणको किस्ता तिर्न पनि छाडेको छ ।
निगमले विमान खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता तिर्न छाडेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो ।
२०७४ जेठ अन्तिम साता वायु सेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग वाइड बडी विमान खरिदका लागि १२ खर्ब रुपैयाँका दरले ऋण लिने सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार ऋण लिएर खरिद गरेका वाइड बडी विमानहरूले उडान नभर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न छाडेको छ ।
वाइड बडी विमानहरूले योजना अनुसारका गन्तव्यमा उडान नभर्दा निगमको आम्दानी खुम्चिएको र ऋणको किस्ता समेत तिर्न नसक्ने अवस्था आएको निगमकै अधिकारीहरू बताउँछन् ।
निगमसँग २०७४ जेठ २८ मा भएको सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले वाइड बडी विमान खरिद गर्न नेपाल सरकारको जमानीमा १२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको थियो । तर, निगम आफैं आर्थिक संकटमा परेपछि २०७५ पुस मसान्तसम्मको किस्ता रकम नतिरेको महालेखा परीक्षकको कार्यालयको ५६औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै नेपाल वायुसेवा निगमले नागरिक लगानी कोषसँग २०७४ जेठ २९ मा गरेको ऋण सम्झौता अनुसार कोषले वाइड बडी विमान खरिद गर्न नेपाल सरकारको जमानीमा १२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको थियो । तर निगमले उक्त ऋणको किस्ता रकम २०७५ पुस मसान्तसम्म पनि भुक्तानी नगरेको महालेखा परीक्षक कार्यालयको ५६औं प्रतिवेदनले औंल्याएको छ ।
नागरिक लगानी कोषका अनुसार वायु सेवा निगमले पुस मसान्तमा तिर्नुपर्ने रकम पनि आधा मात्रै तिरेको छ । त्यसयताको रकम तिरेको छैन । नागरिक लगानी कोषका सूचना अधिकारी उद्धब सिलवालले वायु सेवा निगमले पुसमा तिर्नुपर्ने किस्ताको आधा रकम मात्रै तिरेको र त्यस यताको नतिरेको बताए । उनका अनुसार त्यसयता चैतसम्मको किस्ता निगमले अझै तिरेको छैन । सरकारी जमानतमा नागरिक लगानी कोषले ऋण प्रवाह गरेकाले बाँकी रकम सरकारले तिर्नुपर्ने सिलवालको भनाइ छ ।
३१ परियोजनामा २५ खर्बको प्रस्ताव
सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो ।
शेयर बजारमा उछाल
शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आइतबार करीब ३२ अङ्कको सुधार देखिएको छ ।
कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत अर्बमाथि पुगेको छ ।
स्टकका अनुसार कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् ।
बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् ।
स्टकका अनुसार कारोवारका आधारमा वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको रु १४ करोड ९४ लाख ५१ हजार ६५४, एनआइसी एशिया बैंक रु चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक रु चार करोड ३१ लाख ३६ हजार ६६३, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड दुई लाख १२ हजार ८६१, सिभिल बैंक रु तीन करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् ।
स्टकका अनुसार स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए ।
यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...