×

NMB BANK
NIC ASIA

पोखरा- गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाइड क्षेत्रबाट फेवातालमा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डासहित माछापुच्छ्रे बिम्ब देखिने गरी पार्क निर्माण प्रक्रिया अगाडि बढाएको हो । 

Muktinath Bank

पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ४ करोडको लागतमा फेवातालको किनारामा रहेको ड्यामसाइड पार्कलाई झण्डा पार्कको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकार र महानगरपालिकाले २-२ करोड लगानी गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

पार्क निर्माणको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मनबहादुर जिसीले सोमवार संयुक्त रूपमा उद्‌घाटन गरेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा पार्क निर्माण अगाडि बढाइएको मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन संयुक्त रूपमा पार्क निर्माण अभियान थालिएको उनले बताए । ‘प्रदेश र स्थानीय सरकारबीच राम्रो सम्बन्ध छैन भन्ने भ्रमलाई चिर्न संयुक्त रूपमा पार्क निर्माणको अभियान थालेका हौं,’ उनले भने, 'दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ ।’

पर्यटकीय गन्तव्य विस्तार गर्ने योजनासहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाइ छ । ‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धि चाहन्छ । त्यसका लागि संरचना बनाउन आवश्यक छ,' उनी भन्छन्, 'यस पार्क एउटा महत्वपूर्ण गन्तव्य हो । निर्माणमा कुनै समस्या हुँदैन । तोकिएकै समयभित्र निर्माणको काम सकिन्छ ।’

मुख्यमन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि प्रारम्भ सानोबाट शुरूआत भएको बताउँदै प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नुपर्ने बताए ।

फेवाताल संरक्षणको लागि प्रदेश सरकार लागेको बताउँदै मुख्य मन्त्री गुरुङले सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने बताए । प्रदेश सरकारको गठनपछि विकासमा विकेन्द्रीकरण शुरू भएको उनको भनाइ थियो । बिनु कन्स्ट्रक्सनलाई तोकिएको मिति आउँदो असार २० गते भित्र उक्त पार्क निर्माण गर्न उनले आग्रह गरे ।

पार्क निर्माण गर्न लाग्ने अनुमानित ४ करोडमध्ये चालू वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पहिलो चरणमा पार्क निर्माण गर्न बिनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ । 

महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो,' उनले भने, 'लेकसाइडका कारण छायाँमा परेको ड्यामसाइड अब चम्किनेछ ।' आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरी पार्क निर्माण गरिने उनले सुनाए ।

पोखरा महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले महानगरले १ करोड ९ लाखको टेण्डर आह्वान गरेको बताए । ‘त्यसमध्ये ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भएको हो,’ उनले भने, ‘१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ । यो वर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’

पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्र्याक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार पार्कभित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ ।

सो स्थानमा विष्णु मन्दिर समेत रहेकोले मन्दिर मर्मतसहित,रुख विरुवाहरूको संरक्षण र पार्क निमार्ण गर्न ड्यामसायड क्लबको समन्वयमा निर्माण कार्य अगाडि बढाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x