तपाईं छिट्टै तौल घटाउन चाहनुहुन्छ ?  यी हुन्  सजिलो तरिका

बैशाख २०, २०७६

 तौल बढ्नु आजकल धेरैका लागि समस्याको विषय बनेको छ । पहिलापहिला वयस्कहरू मोटा हुन्थे भने आजकल साना बच्चाहरूमा पनि यो समस्या फैलिँदै गएको छ । बदलिँदो जीवनशैली तथा अन्य कारणले मोटोपन बढ्दै जान्छ ।

मोटोपनमा नियन्त्रण पाउनका लागि अनेक तरिकाहरू मानिसले अपनाइरहेका हुन्छन् तर ती सबैको परिणाम राम्रो आउँदैन । तपाईं छिट्टै तौल घटाउन चाहनुहुन्छ भने यहाँ हामी  सजिला तरिका बताउँदैछौं । 


ADVERTISEMENT

प्रतिदिन १०० क्यालोरी कम गर्नुस्
दुई हप्तामा शरीरमा बोसोको दुई पाउन्ड निकाल्नका लागि दिनदिनै सय क्यालोरी कम गर्नुपर्छ । डायटप्लानलाई राम्ररी फलो गर्दा अनि उपवास बस्दा क्यालोरी कम गर्न सकिन्छ । त्यसबाट ऊर्जा स्तर पनि बढ्छ । धेर बोसो भएको खानेकुरा खाइरहनुभएको छ भने छोड्नुस् ।

राम्रो आहार
ह्वोल ग्रेनबाट बनेका खानेकुराका साथसाथै आहारमा फल र सागपात, कम बोसो भएका दुग्ध पदार्थ, माछा र बदाम जस्ता प्रोटीनले भरपूर कुराहरू समावेश गर्नुपर्छ । 

बिहानको भोजन
बिहान ब्रेकफास्ट गर्न नभुल्नुस् । बिहान उठेको दुई घन्टाभित्र नै ब्रेकफास्ट लिनुस् । धेरै मानिस तौल घटाउन ब्रेकफास्ट लिँदैनन् तर यो गलत तरिका हो । 

पेट भरिराख्नुस्
कहिले पनि भोको नबस्नुस् । पेट भरिराख्नका लागि चार घण्टामा खाना खानुस् र भोक मेटाउनुस् । भोजन अलिअलि गरेर खानुस् तर भोक लाग्न नदिनुस् । 

मिठाइ र रक्सी बन्द
लिक्विड क्यालोरीले जहिले पनि तौल घटाउन अवरोध गर्छन् । त्यसैले सोडा, जुस, स्पोर्ट्स ड्रिंक, कफी र अल्कोहल पिउन छोड्नुस् ।

धेरै पानी पिउनुस्
पानी हाम्रो स्वास्थ्यका लागि आवश्यक छ तर पानीले दुई तरिकाले तौल कम गर्छ । यसले ऊर्जा र क्यालोरीको मात्रा बढाउँछ । यसका साथै धेरै खाने बानी पनि छुट्छ ।

ठिक्क खाने
आवश्यकताभन्दा बढी खाने बानी छोड्नुस् र भोक मेटिने जति मात्र खानेकुरा खानुस् । पेट सधैं भरिने स्न्याकहरू आहारमा समावेश गर्नुस् । यसका लागि ताजा फल, मकै र बदामहरू तपाईंका लागि स्वस्थ खानेकुरा हुन् ।

एजेन्सी

बैशाख २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस