×

NMB BANK
NIC ASIA

यस्ता छन् भारतमा मोदी लहरका १० कारण

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा लोकसभा चुनावको परिणाम आइरहँदा गठबन्धनको राजनीति परास्त भएको छ । उत्तर प्रदेश, बिहार, महाराष्ट्र र कर्नाटक जस्ता राज्यमा विपक्षी दलले गठबन्धन बनाएर भारतीय जनता पार्टीविरुद्ध चुनावी प्रतिस्पर्धा गरेका थिए । 

Muktinath Bank

तर विपक्षीका सबै समीकरण प्रधानमन्त्री नरेन्द्र मोदीको आकर्षणका अगाडि धराशायी भए । गठबन्धन पनि असफल भयो अनि जातीय समीकरण पनि फेल भयो । यहाँ हामी भाजपा नेतृत्वको एनडीएले दोस्रो कार्यकाल चलाउनका लागि पाएको जनमतका १० कारणको चर्चा गर्दैछौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलियो नेताको छवि
नरेन्द्र मोदीको मजबूत नेताको छविले उनलाई देशभरि सर्वमान्य नेताका रूपमा प्रस्तुत गरिदियो । नोटबन्दी, जीएसटी तथा आतंकवादविरुद्ध उनका कडा फैसलाले उनलाई मजबूत नेताको छवि दिलायो । विपक्षीहरू मोदीका अगाडि असहाय देखिए । यसले पनि भाजपा र एनडीएलाई भोट दिलायो ।


Advertisment
Nabil box
Kumari

जातभात असफल, काम सफल
उत्तर प्रदेश, बिहार, कर्नाटक र महाराष्ट्र जस्ता राज्यमा विपक्षी दलहरूको गठबन्धन पूरै असफल भयो । जातिको नाममा गरिएका गठबन्धनलाई जनताले तिरस्कार गरे । जनताले केन्द्र सरकारका योजनाहरूको पक्षमा बेस्सरी भोट दिए । यी सबै राज्यमा जातीय समीकरण भताभुंग भयो । 

Vianet communication
Laxmi Bank

राष्ट्रवादको नारा
चुनावमा प्रधानमन्त्री मोदीले राष्ट्रवादको नारा दिएका थिए । लगभग सबै चुनावी सभामा मोदीले राष्ट्रवादको मुद्दा उठाए । आतंकवादीहरूका विरुद्ध सरकारको कडा कदमको उल्लेख गरियो । जनतामा मोदीको अपीलले काम गर्‍यो । फलस्वरूप लोकसभा चुनावमा भाजपाको प्रदर्शन सन् २०१४ को भन्दा पनि राम्रो रह्यो । 

बालाकोट हवाई आक्रमण
पुलवामामा आतंकवादी आक्रमणपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेर प्रधानमन्त्री मोदीको छविलाई थप बलियो बनायो । भारतीय वायुसेनाले पाकिस्तानमा पसेर आतंकवादीहरू बसेको ठाउँ ध्वस्त पारेपछि मोदीको याक्सनलाई प्रशंसा गरियो । चुनावका बेलामा मोदीले यो आक्रमणको अत्यधिक चर्चा गरे र बलियो सरकार चलाएको भन्दै विपक्षीलाई तारो बनाए । 

ब्रान्ड मोदी
लोकसभा चुनावमा नरेन्द्र मोदी आफ्नो दल र गठबन्धनको ब्रान्डका रूपमा देखिए । उनले भाजपाका लागि मात्र नभई एनडीएका लागि भोट मागे । एनडीए गठबन्धनमा संलग्न सबै ३६ दलले मोदीको नामलाई सदुपयोग गरे । अनेकौं सीटमा एनडीएका उम्मेदवारहरूले मोदीकै नाममा भोट मागे । 

कल्याणकारी योजना
केन्द्रीय सरकारले ल्याएको योजना आयुष्मान भारत, उज्ज्वला, किसान सम्मान निधि, स्वच्छ भारत अभियानअन्तर्गत शौचालय निर्माण जस्ता योजनाले धरातलीय स्तरमा भाजपाको पक्षमा मतदाताहरूलाई आकर्षित गर्‍यो । यी योजनाहरूको धरातलीय स्तरमा कार्यान्वयन र यिनमा भ्रष्टाचार नहुँदा पनि एनडीएलाई फाइदा भयो । मोदीले चुनाव प्रचारमा केन्द्रका यी योजनालाई बारम्बार उल्लेख गरे । चुनाव परिणाममा भाजपाले यसबाट फाइदा उठाएको देखिन्छ । 

प्रत्येक राज्यका लागि फरक समीकरण
भाजपाले लोकसभा चुनावमा हरेक राज्यका लागि फरक फरक रणनीति अपनायो । उत्तर प्रदेश, बिहार, महाराष्ट्र, पश्चिम बंगाल, कर्नाटक र उडिसामा भाजपाले फरक फरक रणनीति उपयोग गरेको थियो । बंगालमा भाजपाको रणनीतिक अत्यधिक सफल रह्यो र राज्यमा पार्टीले ममता बनर्जीको किल्ला भत्काउन सफल रह्यो । त्यसबाहेक उत्तर प्रदेश र बिहारमा एनडीएले गठबन्धनलाई ठूलो अन्तरले हराउन सफल भयो । महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धनले भारी जीत पायो । 

सहयोगीहरूलाई ध्यान
सन् २०१४ को चुनावपछि यस चुनावमा पनि भाजपाले आफ्ना सहयोगीहरूलाई पूरै ध्यान दिए । महाराष्ट्रमा शिवसेनासँगको मतभेद भुलाएर भाजपाले सँगै चुनाव लड्यो । त्यसबाहेक बिहारमा जनता दल युनाइटेडलाई पनि आफूले जितेको सीत समेत दियो । अनि भाजपाले पूर्वी भारतमा अनेकौं दलसँग गठबन्धन बनाएर जीत सुनिश्चित गरे । 

उत्तर प्रदेश र बंगालमा पहिले नै तयारी
उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धन बन्नुअघि नै भाजपाले राज्यमा ५० भन्दा बढी सीटका लागि कोशिश गर्न आरम्भ गरिदियो । पार्टीले केन्द्रको जनहित योजनाको आक्रामक प्रचार गर्‍यो र त्यसको लाभ पनि लियो । पार्टीको यो रणनीतिले काम गर्‍यो । पश्चिम बंगालका लागि भाजपाले सन् २०१७ देखि नै तयारी शुरू गरेको थियो । भाजपाको यो तयारी काम लाग्यो र पार्टीले ममताको गढ हल्लायो । 

विपक्ष विकल्पविहीन
प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि विपक्ष विकल्पहीन रह्यो । उनको टक्करमा कोही नेता नै भएन । कांग्र्रेस अध्यक्ष राहुल गान्धीले कुनै चुनौती नै प्रस्तुत गर्न सकेनन् । विपक्षीहरूबीचको कलहले मोदीलाई फाइदा भयो । 

शान्त मतदाता
कुनै हल्लाखल्ला नगरिकनै एक तप्काले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोट दियो । गृहिणीहरूले कसलाई भोट दिन्छौं भनेर अरूलाई बताउने गर्दैनन् । उज्ज्वला योजना लगायतका जनकल्याणकारी योजनाले गृहिणीहरूलाई खुशी तुल्यायो र उनीहरूले मोदीलाई भोट दिए । अनि डिजिटल स्पेसमा सक्रिय युवा मतदाताले मोदीबाहेक अरू उम्मेदवारलाई खासै चिनेन र उनैलाई भोट दियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x