×

NMB BANK
NIC ASIA

जनकपुरधामकी उपप्रमुखद्वारा मेयरमाथि अनावश्यक हस्तक्षेपको आरोप : संयोजक कमिटीबाट राजीनामा

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले विभिन्न उपसमितिको संयोजकको जिम्मेवारीमा अब नरहने भन्दै प्रमुख लाल किशोर साह समक्ष निवेदन दर्ता गराएकी छिन् । शुक्रवार उनले लिखित रुपमै निवेदन दर्ता गराएर एक्सन कमिटी, लामखुट्टे नियन्त्रण कमिटी र रंग पेन्ट वितरण कमिटीको संयोजक पदमा नरहने जानकारी गराएकी छिन् ।

Muktinath Bank

जनकपुर शहरको सडक बिस्तारका क्रममा घरहरू भत्काउन तथा तोड-फोड गर्न उपमेयरको संयोजकत्वमा एक्सन कमिटी बनाइएको थियो । हालसम्म भएको तोडफोडका बारेमा आफूलाई जानकारी गराउने गरिएपनि पछिल्लो समयमा केही घरहरूको पर्खालसहित तोडफोड गर्दा आफूलाई कुनै जानकारी नै नदिई भत्काईएको उनले दाबी गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू एक्सन कमिटीको संयोजक रहेपनि आफूलाई जानकारी नै नगराएर तोड-फोड गरिँदा भोलि अदालतमा मुद्दा नै हाले आफू फस्न सक्ने हुनाले संयोजक पदमा नरहने गरी निवेदन दिएको उपप्रमुख मिश्रले बताइन् ।


Advertisment
Nabil box
Kumari

शहरमा लामखुट्टे नियन्त्रणका लागि अहिले मोबिल छर्किने काम भई रहेको छ । 'तर त्यसमा पनि आफूलाई कुनै जानकारी नै गराइएको छैन, कति मोबिल वा कति औषधि वा कुन कुन ठाउँमा छर्किने काम भइरहेको छ त्यसबारे कुनै पनि जानकारी नै नगराइएकाले संयोजक पदमा नरहने भनेकी हुँ,' उपप्रमुख मिश्रले लोकान्तरसँग भनिन्, 'भोलि त्यसमा भ्रष्टाचार नै भए आफू पनि फस्ने हुनाले राजीनामा गरेको हो ।'

Vianet communication
Laxmi Bank

शहरमा घरहरू तोड-फोड हुँदा भत्किएका घरधनीको घरमा रंग पेन्ट गर्न रंग उपमहानगरपालिकाले निशुल्क वितरण गर्ने गरेको छ । 'उक्त कमिटिको संयोजक रहेपनि के कति जनालाई कति कति रंग वितरण गरियो त्यसबारे कुनै पनि जानकारी नै गराईएको छैन,' उनले थपिन्, 'भोलि त्यसमा अनियमितताको कुरा आयो भने आफूलाई पनि फसाउने काम हुन सक्ने देखेर राजीनामा गरेकी हुँ ।'

जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाध्यक्षहरूको सिफारिसमा ती सबै काम भइरहेको उनले आरोप लगाईन् । 'म कमिटीमा संयोजक छु, तर मैले कहिल्यै बैठक नै बोलाएकी छैन तर पनि ती कमिटीहरुले आफैं खुशी काम गरेकाले पनि जिम्मेवारी बाट हटेको हो,' मिश्रले भनिन्, 'अनावश्यक रूपमा मेयर साहले हस्तक्षेप गर्दै आएकाले पनि हटेकी हुँ ।'

ति कमिटिको संयोजकमा कार्यपालिकाका अन्य कुनै सदस्यलाई दिन उनले भनेकी छिन् । जनकपुरधाम उपमहानगरपालिकामा मेयर साह र उपमेयर मिश्र दुवै एकै पार्टी राजपा नेपालबाट चुनाव जितेका हुन् । राजपा नेपालको कार्यपालिकामा बहुमत पनि छ । त्यसैले यस अघिसम्म प्रमुख र उपप्रमुखबीच समन्वय रहँदै आएको भएपनि अहिले आएर दुवै जनाबीच मनमुटाव बढेको देखिएको छ । अब प्रमुख साहले उनलाई ति कमिटीको जिम्मेवारीबाट मुक्त गर्छन वा गर्दैनन् त्यो हेर्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x