स्मिथका लागि ताली बजाउनुस् : कोहली

जेठ २७, २०७६

एजेन्सी- भारत र अस्ट्रेलियाबीचको खेलमा भारतीय समर्थकले स्टिभ स्मिथप्रति गरेको हुटिङलाई लिएर भारतीय कप्तान विराट कोहलीले बचाउ गरेका छन् । 

कप्तान कोहलीले ब्याटिङ गरिरहँदा स्टिभ बाउन्ड्री लाइन नजिकै फिल्डिङ गरिरहेका थिए । त्यसैबेला भारतीय समर्थकले स्टिभलाई 'चिटर' भन्दै हुटिङ गरे । 


ADVERTISEMENT

कोहलीले समर्थकको त्यसप्रकारको व्यवहारलाई लिएर तत्कालै प्रतिक्रिया जनाए । ब्याटिङलाई रोकेर इशारा गर्दै समर्थकलाई त्यस्तो नगर्न आग्रह गरे । उनले हुटिङको सट्टा ताली बजाउन समर्थकलाई आग्रह गरे । 

समर्थकको उक्त हर्कतपछि विराट कोहलीको लिएको एक्सनलाई मानिसहरूले प्रशंसा गरिरहेका छन् । 

स्मरण रहोस्, दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिजमा उनीमाथि बल टेम्परिङको आरोपमा एक वर्षको प्रतिबन्ध लागेको थियो । सोही कारण उनलाई भारतीय समर्थकले 'चीटर, चीटर' भनेका हुन सक्छन् । 

भारतीय कप्तान कोहलीले भने,'उक्त घटनाप्रति म समर्थकको तर्फबाट माफी माग्छु । यस्तो पहिला-पहिला पनि भएको थियो । तर यो विल्कुल गलत हो ।' 

समर्थकको व्यवहारलाई लिएर भारतीय कप्तान कोहलीले माफी समेत मागेका छन् । 

उक्त खेलको नतिजा भने भारतले आफ्नो पक्षमा पार्‍यो । 

भिडियो हेर्नुहोस् : 

 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस