पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
काठमाडौं – स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमाथि कानूनी प्रश्न उठेको छ ।
समितिले अदालतकै शैलीमा निर्देशन दिन नमिल्ने संविधानविद्हरू बताउँछन् । समितिको सोमवारको बैठकले संविधानको धारा २९३ मा टेकेर निर्देशन दिएको बताए पनि सो धारा उक्त प्रयोजनका लागि नै नभएको संविधानविद्को जिकिर छ ।
स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन समानुपातिक समावेशी सिद्धान्त र संविधानको मर्मअनुसार नरहेको भन्दै समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशनका कारण लोक सेवाको परीक्षामा सहभागी हुन आवेदन दिएका ७० हजारभन्दा बढी परीक्षार्थी मर्कामा परेका छन् । सरकारी सेवामा प्रवेश गर्न चाहने लाखौंको भविष्य अन्योलमा परेको छ ।
उक्त निर्णयका कारण मर्कामा परेका युवाहरू सडकमा समेत निस्किसकेका छन् । देशका विभिन्न ठाउँमा यसविरुद्ध प्रदर्शन भएको छ ।
संसदीय समितिको निर्देशनपछि सरकार र आयोग दुवै अन्योलमा देखिएका छन् । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली देश बाहिर छन् ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आफूहरू छलफलकै क्रममा रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता भुपाल बरालले लोकान्तरसँग भने– ‘हामीलाई निर्देशन प्राप्त भएको छ । कानूनमा टेकेर छलफलकै क्रममा छौं ।’
विभिन्न विकल्पमाथि छलफल भइरहेको उनले बताए । ‘विभिन्न विकल्पमाथि छलफल भइरहेको छ,’ सहसचिव बरालले भने, ‘लोक सेवाको विज्ञापन मन्त्रिपरिषद्को निर्णयका आधारमा भएकाले मन्त्रालयले मात्र गर्ने निर्णयले पनि हुँदैन । सरकारकै निर्णय हुनुपर्छ ।’
यसरी सरकार र आयोग दुवै अन्योलमा परिरहेका बेला हामीले संविधानविद्हरूसँग विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशन कति बाध्यकारी भन्ने विषयमा कुराकानी गरेका छौं ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
संसद्ले कार्यपालिका, न्यायपालिकाको भूमिका खेल्नु उपयुक्त हुँदैन
राम नारायण बिडारी, सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति एवं वरिष्ठ अधिवक्ता
संसद्प्रति कार्यपालिका व्यक्तिगत वा सामूहिक रूपमा उत्तरदायी हुने संवैधानिक व्यवस्था छ । संसदले कानून नीति बनाउने र नीतिगत कुरामा निर्देशन दिने हो ।
संसद् आफैंले कार्यपालिकाको भूमिका, न्यायपालिको भूमिका निभाउन खोज्नु सामान्यतया उपयुक्त हुँदैन । संसदीय समितिले यो नीति सच्याउनू, यसो गर्नू, संसद्मा विधेयक ल्याउनू भन्नु राम्रो हो । दैनिक काम कारवाहीलाई हस्तक्षेप गर्नु राम्रो संसदीय अभ्यास होइन ।
जहाँसम्म लोक सेवा आयोगको कुरा छ, प्रदेश लोक सेवा गठन गरेर प्रदेश सरकारले कर्मचारी नियुक्त गर्नुपर्छ । प्रदेश लोक सेवा गठन नगर्ने प्रदेशहरू पनि बेठिक हुन् ।
प्रदेश लोक सेवाको आधार र मापदण्डसम्बन्धी कानून बनिसकेको छ, अब प्रदेशहरूले आफैं कानून पनि नबनाउने अनि करारमा भर्ती गर्ने भन्ने कुरा ठीक होइन ।
‘यो निर्देशन मान्न आयोग बाध्य हुँदैन’
दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता
आयोगको विज्ञापन अलिकति मिलेको छैन । समानुपातिक समावेशीतर्फ ४५ प्रतिशत हुनुपर्थ्यो, त्यो भएको देखिँदैन ।
त्यसका बाबजुद पनि लोक सेवा आयोग संवैधानिक अंग हो । संसदीय समितिले सुझाव वा ध्यानाकर्षण गराउन सक्छ ।
संवैधानिक प्रश्न कोर्टले छिनोफानो गर्ने हो, समितिले होइन । समितिले संविधानको जुन धारामा टेकेर निर्देशन दिएको छ, त्यो धारा त्यस प्रयोजनका लागि नै होइन । ध्यानाकर्षण गराउन सक्छ । सुझाव चाहिँ दिनसक्छ ।
समितिले अदालतले जारी गरेको जस्तो गरेर परमादेश जारी गर्न सक्दैन । अदालतले मात्र त्यस्तो अर्डर जारी गर्न सक्छ । समितिको जुन निर्देशन छ, त्यो निर्देशनले मात्र विज्ञापन रद्द गर्न आयोग बाध्य हुँदैन ।
लोक सेवाको विज्ञापन छुट्टै छलफलको विषय हो । यसमा जटिलता छन् । प्रादेशिक लोक सेवा आयोगको पनि परिकल्पना गरिएको छ । अहिले यो कस्तो भइदियो भने केन्द्रबाट विज्ञापन गर्दा धैर्यता राखिएन ।
स्थानीय तहहरूलाई छुट्टाछुट्टै सरकार मानेर समावेशी कोटा छुट्ट्याउनु ‘टेक्निकल्ली’ त संविधान अनुसार नै हो, तर संविधानको मर्म अनुसार भएन । हामी ट्रान्जिसनल फेजमा छौं । यसले अस्थिरतामा लैजान सक्छ । यस्तो कुरामा पर्याप्त गृहकार्य, पर्याप्त सावधानी हुनुपर्छ ।
संविधानको एउटा–एउटा धारा हेर्ने भन्दा पनि आधारभूत ‘मक्सद’ (उद्देश्य) पूरा हुन्छ कि हुँदैन भनेर हेर्नुपर्छ । कतिले विरोध गरे पनि समानुपातिक समावेशी पार्ट अफ कन्स्टिच्युसन हो । त्यसैले यस्ता कुरामा पर्याप्त सावधानी अपनाउन सकिएन भने देश द्वन्द्वमा जान सक्छ ।
हेर्नुस् न, विप्लवहरू एंगर र फ्रस्टेसनलाई मोबिलाइज गर्न भनेर कुरेर बसिरहेका छन् । आदिवाशी, जनजाति, दलित, मधेशीहरूका पनि कुरा छन् । त्यसैले संविधानको मर्मलाई ख्याल गर्नुपर्छ ।
'स्टे अर्डर दिने काम समितिको होइन'
खिमलाल देवकोटा
वरिष्ठ अधिवक्ता एवं पूर्व सभासद
संसदीय समितिले संवैधानिक अंगलाई निर्देशन दिने होइन, सरकारलाई दिने हो । समितिले त कामको अनुगमन गर्ने हो । निर्देशन दिँदा सरकारमार्फत दिनुपर्ने हो । संवैधानिक अंगलाई नै निर्देशन दिने भन्दा त कस्तो होला ?
शुरूदेखि नै मेरोचाहिँ स्ट्याण्ड छ– अनुगमन गर्ने हो समितिले । भइसकेका काम ठीक/बेठीक के भयो भनेर मूल्यांकन गर्ने हो । आदेश दिएर रोक्ने होइन ।
स्टे अर्डर त अदालतले गर्ने हो, त्यसलाई नरोके अपुरणीय क्षति हुन्छ भन्ने लागेमा ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...