कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा अहिले सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।
हत्याजस्तो जघन्य अपराधमा ४० प्रतिशत मात्र कैद भुक्तान गरेका व्यक्तिलाई राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफीमिनाहा दिएपछि पीडित परिवारले अन्याय महसुस गरिरहेको छ । साथै, मृतक चेतनकी पत्नीले रिले अनशन समेत शुरू गरेकी छन् ।
जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत जन्मकैदको सजाय तोकेका व्यक्तिलाई माफी दिइएपछि दण्डहीनताले प्रश्रय पाएको भनेर पनि चिन्ता व्यक्त भइरहेको छ । यस विषयमा सर्वोच्चमा रिट परेर विचाराधीन अवस्थामा समेत छ ।
यसै सन्दर्भमा लोकान्तरकर्मी अजय अनुरागीले मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएको विषयको अहिले चौतर्फी विरोध भइरहेको छ । यो विषयलाई तपाईंलेचाहिँ कसरी हेर्नुभएको छ?
तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्तिलाई सरकारको सिफारिशमा राष्ट्रपतिले कैद माफी मिनाहा दिनुभएको छ । संविधानदिवसकै अवसरमा दिएको माफी मिनाहा संविधान, विधिको शासन र दण्डसम्बन्धी कानूनी सिद्धान्त एवं मान्यता अनुकूल छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । यसमा अहिले गम्भीर प्रश्न उठेको छ र गहन छलफल तथा विमर्शको विषय पनि बनेको छ ।
पीडितपत्नीको चित्कार र न्याय खोसिएको अनुभूति भयो भन्ने पीडादायी अभिव्यक्तिले जोसुकैको ध्यान गम्भीररूपले आकर्षण गरेको छ ।
यस्तो गम्भीर अपराधका दोषीलाई माफी दिन मिल्छ?यसबाट कस्तो सन्देश गएको छ ?
नेपालको संविधानले अपराधपीडितलाई न्याय पाउने हक सुरक्षित गरेको र प्रस्तावनाले कानूनी राज्यको अवधारणाप्रतिको प्रतिबद्धतालाई आत्मसात गरेको छ ।
दिनदहाडै हुल बाँधेर संगठितरूपमा गरिएको गम्भीर र जघन्य किसिमको अपराधमा माफी दिने/दिलाउने कामले समाजमा गम्भीर एवं नकारात्मक सन्देश गएको छ । त्यसले दण्डहीनतालाई प्रश्रय दिएको सन्देश पनि स्वाभाविक रूपमा गएको छ ।
राज्यले पीडितलाई न्याय दिनुपर्ने हो,तर यसले त झन अन्याय भयो नि हैन ?
पीडितले अन्याय महसुस गरी पीडाबोध गर्ने अवस्था र आम जनसमुदायको पीडितप्रतिको सहानुभूतिले संविधान, कानून एवं कानूनी राज्यको मूल्य मान्यताप्रति बेवास्ता गरिएको उदाहरण प्रस्तुत घटना हुन पुगेको छ, यो वाञ्छनीय होइन ।
जस्तोसुकै अपराधमा पनि सरकार र राष्ट्रपतिकहाँ पहुँच पुर्याउनेले माफीको लाभ प्राप्त गर्ने रहेछन् भन्ने परेपछि दण्डहीनता मौलाउने भयो । सक्नेले, जे गरे पनि हुने रहेछ भन्ने सन्देश जाने भयो । यसबारे चिन्तन मनन गरौं । न्यायपूर्ण समाज निर्माणमा संवैधानिक प्रावधानको सदुपयोग गरौं । सजाय पाएकाको मात्र होइन, पीडितको आवाज अझ गम्भीररूपले सुनौं, विचार गरौं । जसरी हुन्छ, पीडितलाई न्यायको अनुभूति दिलाऔं ।
अर्को प्रसङ्ग: अहिले विभिन्न जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गरी प्रदर्शन र झडप भइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?
सामाजिक सद्भाव बिथोल्ने, धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने स्थिति आउनु गम्भीर विषय हो । यो शान्तिप्रिय नेपालीका लिग दुर्भाग्यको कुरा पनि हो ।
आपसी सद्भाव बिथोल्ने र धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने कुराले शान्ति सुरक्षामा खलल पुग्न गएको छ ।
आपसी सद्भाव, धार्मिक र सामाजिक सहिष्णुता कायम गर्दै अघि बढ्नु आजको आवश्यकता हो । अन्तरविरोध र मनोमालिन्यले हामीलाई कहीँ पुर्याउँदैन । त्यसैले सम्बन्धित सबैलाई संयमित भई शान्ति, सद्भाव कायम राख्न र सहिष्णुता प्रदर्शन गर्न आग्रह गर्दछु ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित ३...
सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । शारदा कठायत र मन्धरादेवी विष्टले दिएक...
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...