जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं – कहिलेकाहीँ एक शिक्षकले तपाईंको जीवन परिवर्तन गरिदिन सक्छन् । माइकल एट्किन्सको जीवन उनका एक शिक्षकले विद्यालय छोडेको कैयौं वर्षपछि परिवर्तन गरिदिए ।
उनको यात्रा सीधा रेखामा चलेन तर उनले राम्रो निर्देशन पाएपछि पहिला सरसफाइ गर्ने विद्यालयले उनका लागि शिक्षाको ढोका खोलिदियो ।
माइकलले केही स्थानीय विद्यालयहरूमा सफाइ कर्मचारीका रूपमा काम गरेपछि डेन्भरस्थित लोवरी इलेमेन्टरी स्कूल पुगे । त्यहाँबाट उनको जीवनले अर्को मोड लियो र उनी आफू हुर्केको टोलमा रहेको विद्यालयको प्रधानाध्यापक बने ।
‘म आफ्नो समुदायमा फर्किनु वास्तवमै अर्थपूर्ण छ,’ माइकलले बीबीसीलाई बताए ।
उनले विद्यालयमा रमाइलो माने पनि गाह्रो अनुभव पनि गरे किनकि केही शिक्षकहरूले विद्यार्थीहरूलाई पृष्ठभूमि र हाउभाउका आधारमा भिन्न रहेको अनुभव गराएको उनलाई लाग्यो ।
तर उनले उच्च विद्यालय छोडेपछि निर्देशन पाएनन् ।
‘उच्च शिक्षामा कसरी पहुँच पाउने भन्ने विषयमा मलाई कसैले पनि मार्गनिर्देशन गरेन । मेरो परिवारमा मलाई बाटो देखाउने कोही भएन ।’
त्यसैले उनले जागिर खाएर सरकारी कलेज जाने निर्णय लिए । उनले छिट्टै पैसा कमाउनुपर्ने भयो किनकि १९ वर्षको उमेरमा उनी बाउ बने ।
उनकी आमाले शिशु स्याहार केन्द्र चलाउने भएकाले आफू बालबालिकासँग झ्याम्मिन सक्ने उनलाई थाहा थियो । त्यसैले उनी बिजनेस पढ्न थाले अनि टीचिङ असिस्टेन्टको जागिरमा निवेदन दिए ।
उनले जागिर त पाएनन् तर विद्यालयमा सरसफाइको काम पाए । एउटा विद्यालयकी प्रधानाध्यापिकाले उनलाई दुई कक्षामा पढाएकी रहिछन् ।
क्यारोलीन राइडलिन नामक ती शिक्षिकाले उनलाई विद्यालयमा लेखपढ सिकाउने जागिर दिइन् ।
अघि बढ्दै जाँदा यही जुन महिनामो आरम्भमा उनी स्टेडम्यान इलेमेन्टरी स्कूलमा प्रधानाध्यापक बनेका छन् ।
माइकल जवानीमै पहिलो छोरी पाएपछि अनि विगतको अनुभवका कारण सर्वोत्कृष्ट प्रदर्शन गर्न र झन् बढी हासिल गर्न प्रेरित गरेको बताउँछन् ।
अमेरिकाभरिबाट थुप्रै शिक्षकहरूले आफूसँग सम्पर्क गरेको र उनको विद्यालय भ्रमण गर्न चाहेको बताउँछन् ।
बीबीसीबाट
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...