×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध न्युजील्यान्ड बलियो

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकप क्रिकेटको २५औं म्याचमा बुधवार दक्षिण अफ्रिका न्युजील्यान्डसँग भिड्दैछ । 

Muktinath Bank

बर्मिंघममा हुने यो प्रतिस्पर्धा अफ्रिकाको छैठौं र न्युजील्यान्डको पाचौं म्याच हो । अंकतालिकामा दक्षिण अफ्रिका आठौं स्थानमा छ । उससँग जम्मा ३ अंक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्युजील्यान्ड सात अंकका साथ तेस्रो स्थानमा छ । 


Advertisment
Nabil box
Kumari

दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउन आजको म्याच जित्नैपर्ने बाध्यता छ । 

Vianet communication
Laxmi Bank

तर फाफ डुप्लेसीको टीमका लागि म्याचमा दुई अंक हासिल गर्न सहज छैन । पछिल्ला आँकडा उसका पक्षमा छैनन् । न्युजील्यान्डविरुद्ध उसले सन् १९९९ पछि विश्वकपमा कुनै पनि खेल जितेको छैन । 

त्यसमाथि दक्षिण अफ्रिका अहिले फर्ममा छैन । बंगलादेशले समेत उसलाई हराएको छ । उसले अफगानिस्तान जस्तो कमजोर टीम विरुद्ध मात्र जीत हासिल गरेको छ । 

यी दुई टोलीबीच अहिलेसम्म ४१ म्याच भएका छन् । तिनमा दक्षिण अफ्रिका ४१ वटामा विजयी भएको छ भने न्युजील्यान्डले २४ वटामा मात्र सफलता प्राप्त गरेको छ । विश्वकपमा चाहिँ न्युजील्यान्ड पाँचवटामा अनि दक्षिण अफ्रिका दुईवटामा विजयी भएका छन् । इंग्ल्यान्डमा भएको एक मात्र भिडन्तमा सन् १९९९ मा दक्षिण अफ्रिका विजयी भएको थियो । 

बर्मिंघममा दिनभरि पानी पर्ने सम्भावना छ । म्याचका बेलामा बादल लाग्नेछन् । तापक्रम १२ देखि १५ डिग्री सेल्सियस रहनेछ । 

यस मैदानमा भएका ५१ एकदिवसीयमा २४ पटक पहिले ब्याटिङ गर्ने टीम विजयी भएको छ । विगत पाँच एकदिवसीयमा औसत स्कोर २९५ बनेको छ । 

दक्षिण अफ्रिकामा क्विन्टन डिकक र इमरान ताहिर फर्ममा छन् । डिककले १८६ रन बनाएका छन् भने ताहिरले आठ विकेट लिएका छन् । 

तर हाशिम अमला फर्ममा छैनन् । ओपनिङ ब्याट्स्म्यानहरूले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । 

न्युजील्यान्डको कुरा गर्दा अनुभवी ब्याट्स्म्यान रोस टेलर फर्ममा छन् । उनले ६५ को औसतमा रन बनाएका छन् । उनीबाट आज ठूलो पारीको अपेक्षा छ । 

बलरहरूमा लोकी फर्गुसन आठ विकेट, म्याट हेनरी सात विकेट र जेम्स नीशम ६ विकेटका साथ राम्रो फर्ममा छन् । दक्षिण अफ्रिकी ब्याट्स्म्यानलाई यी तीनले अत्याउने देखिन्छ । 

न्युजील्यान्ड टीममा दुई स्पिनर मात्र छन् ः मिसेल स्यान्टनर र ईश सोढी । सोढीले यस विश्वकपमा खेल्ने मौकै पाएका छैनन् । स्यान्टनरले जम्मा दुई विकेट लिएका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x