गुण्डागर्दीको आरोपी समाउन खोज्दा भागेपछि स्वयम्भूमा प्रहरीले चलायो गोली

साउन २४, २०७६

काठमाडौँ - राजधानीस्थित स्वयम्भुको विजेश्वरीस्थित एक हाउजिङ एपार्टमेन्टमा गोली चलेको छ ।

अपराध महाशाखाको टोलीले गुण्डागर्दीको आरोप लागेका मिलन लामामाथि गोली चलाएको हो ।


ADVERTISEMENT

अपराध महाशाखाका एसएसपी सहकुल थापाले गुण्डागर्दीको आरोप लागेका लामालाई समाउन खोज्दा भागेपछि गोली चलाउनुपरेको लोकान्तरलाई बताए ।

उनले अर्का आरोपी अमित तामाङलाई पनि पक्राउ गरिएको जानकारी दिए ।

घुंडामा गोली लागेका लामालाई उपचारका लागि ट्रमा सेन्टर लागिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साउन २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस