×

NMB BANK
NIC ASIA

राजमार्गका होटल प्रहरीको निगरानीमा, दशैंमा सुरक्षाका लागि ४३ हजार प्रहरी परिचालन !

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– राजमार्ग आसपासका होटलहरूले यात्रुलाई गुणस्तरहीन खाना/खाजा खुवाउने तथा ठगी गर्ने गर्छन् भन्ने आरोप नयाँ होइन ।

Muktinath Bank

बर्सेनि यस किसिमको आरोप लाग्ने गर्छ । चाडबाड नजिकिँदा अनुगमन पनि हुन्छ, तर यस किसिमका अनुगमन र कारवाहीले अहिलेसम्म त्यस किसिमको मनलाग्दी रोकिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणिज्य विभागले दशैंतिहारअघि बर्सेनि अनुगमन गर्ने गरेपनि यस वर्ष भने प्रहरीले समेत सादा पोशाकमा विशेष टोली खटाएको छ ।


Advertisment
Nabil box
Kumari

दशैंको पूर्वसन्ध्यामा राजधानीबाट बाहिरिने यात्रुहरूको चाप बिस्तारै बढ्दै गरेको अवस्थामा वाणिज्य विभागसँगको समन्वयमा विशेष प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

Vianet communication
Laxmi Bank

राजमार्ग आसपासका होटल तथा खाजा पसलहरूको निगरानी गर्न मातहतका प्रहरी कार्यालयहरूलाई परिपत्र गरिएको प्रवक्ता पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

‘यात्रुको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी गुणस्तरहीन खाना खुवाएको भेटिएमा सम्बन्धित निकाय (वाणिज्य विभाग) सँगको समन्वयमा कानूनी दायरामा ल्याउँछौं,’ डीआईजी पोखरेलले भने ।

यसअघि पनि आवश्यकताअनुसार अनुगमन टोलीमा प्रहरी पनि सहभागी हुने गरेको थियो । राजमार्गका होटलहरूको अनुगमनका लागि नै भनेर सादा पोशाकमा प्रहरीको विशेष टोली खटिएको भने यो पहिलो पटक हो ।

४३ हजार प्रहरी परिचालन

चाडबाडमा हुने चोरी, डकैटी, झै–झगडा, जुवातास लगायतका घटना नियन्त्रणका लागि पनि प्रहरीले विषेश योजना ल्याएको छ ।

नेपाल प्रहरीले चाडबाडलाई मद्देनजर गरेर देशभरमा ४३ हजार प्रहरी खटाएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, ‘चाडबाडलाई मद्देनजर गरेर ८ हजार २ सय स्थानमा प्रहरी टोली खटाइएको छ । देशभरका प्रहरीको बिदा समेत कटौती गरेर नागरिकको सुरक्षालाई विषेश प्रथामिकतामा राखेका छौं ।’

प्रहरीको अपिल– आफ्नो सुरक्षामा ध्यान दिनुस् !

अपराधीहरूले चाडबाडको मौका छोप्ने भएकाले आफ्नो सुरक्षामा नागरिक स्वयं पनि सचेत हुनुपर्ने प्रवक्ता पोखरेलको भनाइ छ । 

‘चाडबाडको समयमा नागरिकहरूले पर्व मनाउन ध्यान दिने भएकाले सुरक्षामा अलि कम ध्यान गएको देखिन्छ,’ उनले भने, ‘नागरिकले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्छ ।’

घर छाडेर हिँड्दा चोरीका घटनाहरू समेत बढ्ने गरेकाले त्यसमा ध्यान दिन उनको सुझाव छ ।

साथै उनले मादक पदार्थ सेवनमा पनि सावधानी अपनाउन आग्रह गरे ।

‘दशैंतिहारमा मादक पदार्थ धेरै सेवन गर्दा झै–झगडा हुने भएकाले सेवन गर्दा विषेश ध्यान पुर्‍याउन अनुरोध गर्दछौं,’ प्रवक्ता पोखरेलले भने, ‘यस्ता कुरामा प्रहरीले निगरानी त गर्छ नै, तर नागरिकले पनि आफ्नो तहबाट सचेत भएमा यस्ता घटनाहरू कम हुन्छन्,’ प्रवक्ता पोखरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x