×

NMB BANK
NIC ASIA

प्रदेश २ नामकरणः सबै दल मधेश प्रदेश नजीक

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेको छ। गत भदौमा दलहरु नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजीक पुगेका छन्। 

Muktinath Bank

प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुरा र केहीले मध्यमधेश दर्ता गराएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटकपटकको छलफलपछि दलहरु मधेश प्रदेश नजीक पुगेका छन्। 


Advertisment
Nabil box
Kumari

सबै दलका संसदीय दलका नेता समेतको सहभागितामा आइतबार सम्पन्न समितिको बैठक नामकरणको विषयमा सहमति नजीक पुगेको नेताहरुले प्रतिक्रिया दिए। बैठकमा सत्तारूढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनुपर्नेमा अडिग रहे पनि सहमतिका लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन्।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजीक पुगेको प्रतिक्रिया दिए। उनले मुलुकमा सङ्घीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताए।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेससमेत मधेशलाई स्वीकार्य गरेकामा धन्यवाद दिँदै आगामी बैठकले टुङ्गो लाग्ने विश्वास व्यक्त गरे। प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु सहमतिका लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरे। 

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको भए पनि सत्तापक्ष मधेशबाहेक केही सुन्नै नचाहेकाले आइतबारको बैठक निष्कर्षविहीन भएको बताए। उनले सहमतिका लागि आफूहरु सदैव तयार रहेको प्रतिक्रियासमेत दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x